शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • उपचार खर्च नपाएर आमाले गरिन् छोरीको मृत्युपत्रमा हस्ताक्षर

उपचार खर्च नपाएर आमाले गरिन् छोरीको मृत्युपत्रमा हस्ताक्षर

कडारा जिल्ला अस्पतालको शैयामा छट्पटाउदै

  • मङ्लबार, बैशाख ११, २०८१
उपचार खर्च नपाएर आमाले गरिन् छोरीको मृत्युपत्रमा हस्ताक्षर

बाजुरा- बुढिनन्दा नगरपालिका वडा नम्बर ७ समालगाउँकी ६ बर्षिया समिक्षा कडाराकाे उपचार खर्च नपाएपछि  उनकी आमाले छोरीको मृत्युपत्रमा मन्जुरी भएकी छन् । जिल्ला अस्पताल बाजुराको शैयामा छट्पटाई रहेकी ६ बर्षिया बालिका समिक्षाकी आमाले उपचार गर्न आर्थिक अभाव भएको भन्दै मृत्युपत्रमा हस्ताक्षेर गरेकी हुन ।

फोक्सो सम्बन्धी समस्या भएर जिल्ला अस्पतालमा उपचार गर्न आएकी भएपनि अस्पतालले रेफर गरेपछि जिल्ला बाहिर जान नसक्ने भएपछि जिल्ला अस्पताल बाजुराले बनाएको छोरीको मृत्युको भर्पाइमा दायाँ बायाँ औँठा छाप सहित हस्ताक्षर गरेको समिक्षाकी आमा बिसु कडाराले बताईन ।

जिल्ला अस्पताल बाजुराले बालरोग तथा सुबिधा सम्पन्न अस्पतालमा जान मन्जुरीनामा पत्रमा भनिएको छ । आर्थिक अवस्थाका कारण जान नसकिएको कडाराले बताईन । जिल्ला अस्पताल बाजुराले जिल्लामा उपचार सम्भव छैन भनेर जिल्ला बाहिरका अस्पतालमा जान रेफर गरेको भए पनि उनिसंग गाडीभाडा लगायत उपचार गर्ने पैसा नुहदा ३ दिन देखी भौतारी रहेकी छन । समिक्षा जिल्ला अस्पताल बाजुराको आकस्मिक वार्डमा मृत्युसँग लडिरहेकी छन् ।

समिक्षाकी आमाले छोरीलाई अगालोमा राखेर रुदैँ मसंग पैसा छैन अब मरे पनि यसै अस्पतालमा मर्छ कतै जाउ भने पैसा छैन जे हुन्छ यतै हुन्छ भनिन् । श्रीमान नन्दबिर कडाराको मृत्यु भइसकेको र छोराछोरी सानै छन घरमा कमाउने कोही पनि छैन कसरी उपचार गर्नु उनले रुदैँ भनिन् । जिल्ला अस्पताल बाजुराले गर्ने सहयोग त सबै निःशुल्क गरे तर जिल्ला बाहिर कसरी उपचार गर्न जानु छोरीलाई १ बोतल पानी किन्न समेत पैशा नभएको उनले बताईन ।

समिक्षाको फोक्सोमा एकाएक समस्या भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याईएको उनकी आमा बिसु कडाराले बताईन् । उपचारमा लाग्ने खर्च र गाडी भाडा समेत नहुदा रेफर गरेको ३ दिनदेखी अस्पतालमै रहेको उनले बताइन् । बिरामी कडाराको पारिवारिक आर्थिक अबस्था कमजोर भइ उपचारमा समस्या भएको समिक्षाकी आमाले बताईन । गरिव भएकै कारण गाउँमा रिण खोज्दा पनि कसैले पत्यादैन् , रोजगारी छैन छोराछोरीको पालन पोषण गर्नै मुस्कील हुन्छ यत्रो पैसा कहाबाट खोजेर उपचार गर्नु उनकी आमाले बडिमालिका खवरलाई बताइन् । आफ्नो वडाका वडा अध्यक्ष संग पनि हार गुहार गरे पनि केही वास्ता गरेनन उनले भनिन् ।

गरिब परिवारमा जन्मिएकै कारण अहिले उपचार गर्नलाई आर्थिक नभएकै कारण मृत्यु पर्खेर बस्नुको बिकल्प नभएको बिरामी समिक्षाकी आमाले बताइन् । जिल्ला अस्पतालले बिरामीको मृत्यु भएमा अस्पताल जवाफदेही नहुने गरी कागज समेत बनाईसकेको छ । उनले छोरीको मृत्युपत्रमा दायाँ बायाँ औँठाछाप लगाइसक्दा पनि अस्पतालबाट उपचारकै आशामा रहेकी छन् । उपचारका लागी कसैले सहयोग गरेमा बाँच्न सक्ने आशामा उनी छन् ।

चर्चामा

सम्बन्धित समाचार