सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बडिमालिका
  • आई एन एफ सिसिए परियोजना बहिरगमन स्थानिय तहलाई हस्तान्तरण

आई एन एफ सिसिए परियोजना बहिरगमन स्थानिय तहलाई हस्तान्तरण

  • आइतवार, बैशाख १६, २०८१
आई एन एफ सिसिए परियोजना  बहिरगमन  स्थानिय तहलाई हस्तान्तरण

बाजुरा– बाजुरा जिल्लाको बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा सेवारत आई.एन.एफ.नेपालको सिसिए परियोजनाको समझौता अबभि सकिएर कार्यक्रम बहिरगमन भएको छ ।
सिसिए परियोजना बडिमालिका नगरपालिकाका १, २ र ६ नम्बर वडा र गौमुल गाउपालिकाको सवै वडाहरुमा बिगत ३ बर्ष देखी काम गर्दै आएको थियो ।
आईतबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमका साथ सामाजिक लेखा परिक्षण गरेर स्थानिय तहलाई हस्तान्तरण गरिएको परियोजना सहायक रुक्साल पण्डितले जानकारी दिए ।
बडिमालिका नगरपालिकामा विगत तीन वर्ष अघि लागु भएको दिगो जिविकोपार्जेनको लागि जलवायु अनुकूलन परियोजना बिहीबारबाट सामाजिक लेखा परीक्षण सहित औपचारिक रुपमा बाहिरिएको छ ।
परियोजनाले बाजुरा जिल्लाका ग्रामिण क्षेत्रका कृषकहरुलाई कृर्षिमा आधारित जिवीकोपार्जनमा सामेल गराउदै जलवायू विविधतार परिर्वतन अनुकुलनमा जुट्न क्षेमता बृद्धि गर्ने उद्देश्यका साथ शिक्षा, स्वास्थ्य, अपाङ्गता, दिगो कृर्षि प्रणाली, जलबायु परिर्वतन विपत, लगाएका क्षेत्रमा परियोजनाले विगत तीन बर्षसम्म गरेका कामको बारेमा आई एन एफमा कार्यरत कर्मचारी इन्द्र बहादुर रोकायाले जानकारी गराएका थिए ।
परियोजना संचालनका तीन वर्षमा बडिमालिका नगरपालिका र गौमुल गाउपालिकामा १० करोड लागत भएको सामाजिक लेखा परिक्षणमा सार्वजनिक गरिएको छ । परियोजना सुरु हुदा स्थानियलाई तालिम सामग्री लगाएतका सवै सहयोग परियोजनाले गरेकोमा विस्तारै कृषकहरुले पनि लगानी गरेर आत्मनिभर गराएको बताएको छ ।
परियोजनाले पालिकामा गठीत कृषक समूह, सामुदायिक वन उपभोक्ता समिति सहकारीसंग मिलेर काम गरेको निमित्त परियोजना अधिकृत रुक्साल पण्डितले बताएका छन् । बडिमालिका नगरपालिकाको हलमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए ।
कार्यक्रममा बडिमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, बडिमालिका नगरपालिका १ र २ वडाका वडा अध्यक्ष निमित्तत प्रमुख प्रशासकीय अधिकृत्त पुष्प भट्ट गैर सरकारी महासघ बाजुरा जिल्ला अध्यक्ष कृष्ण अधिकारी लगाएर बडिमालिका नगरपालिका १,२ र ६ नम्वर वडाका कार्यक्रम लक्षित कृषकहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका पूर्व अध्यक्ष मदनराज जैशीले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता आई.एन.एफ.नेपालका परियोजना अधिकृत रुक्सल हमालले गरेका हुन् ।
कार्यक्रमा बोल्दै जिल्ला समन्वय प्रमुख तुलसीराम रोकायाले गैरसरकारी सस्था पनि राज्यको एक अंग भएकोले यो अन्तरगत आई एन एफले कार्यक्रम बनाउदा दैबिक प्रकोप र उत्पादन सम्बन्धिका कार्यक्रम बनाउन सुझाव दिएका थिए । त्यस्तै नगर उपप्रमुख नन्दा थापाले परियोजनाले गरेका राम्रा कामहरुलाई पालिकाबाट पनि सस्थागत गर्दै आगामी बजेटमा समेटने र पालिकाको नीति तथा कार्याक्रममा राखेर अगाडी बढाउने बताएको छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आई एन एफले आगामी कार्यक्रम भौतिक निर्माण तिर पनि सहयोग गर्न सुझाव दिएका थिए ।
गरिब, दिनदुःखीहरुको सेवामा समर्पित संस्थाले जनताको सीप, क्षमता विकास र आर्थिक रुपमा उन्नति र प्रगति भएको बताएका हुन् । जीवन उपयोगी कार्यक्रम सञ्चालन गरेकोले जनताले व्यवहारमा कार्यन्वयन गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।
कार्यक्रम निरन्तरताको माग गर्दै परियोजनाले अमूल्य गुन लगाएर गएको कृषक समूह सदस्य समेत रहेका कृषक विर बहादुर महत्तले बताए ।

चर्चामा

सम्बन्धित समाचार