सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगामा कक्षा ८ मा १९ प्रतिशत विद्यार्थी उत्तीर्ण, नेता शिक्षक भएको विद्यालयमा नतिजा न्यून

बुढीगंगामा कक्षा ८ मा १९ प्रतिशत विद्यार्थी उत्तीर्ण, नेता शिक्षक भएको विद्यालयमा नतिजा न्यून

  • बुधबार, चैत्र २८, २०८०
बुढीगंगामा कक्षा ८ मा १९ प्रतिशत विद्यार्थी उत्तीर्ण, नेता शिक्षक भएको विद्यालयमा नतिजा न्यून

बाजुरा– बुढीगंगा नगरपालिकाले लिएको कक्षा ८ को बार्षिक परिक्षमा १९ प्रतिशत बिध्यार्थी पास भएका छन । पालिकाले लिएको ८ को पालिका स्तरीय परीक्षाफल नतिजा हेर्दा शैक्षिक उपलब्धी निकै कमजोर देखिएको हो । तथ्याकं हेर्दा ८ मा १९ दशमलव ४४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
पालिका भरिको कक्षा ८ को परीक्षामा सहभागि ६ सय ४८ जना विद्यार्थी मध्ये १ सय २६ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । पालिका स्थरिय परिक्षामा ४ सय ४९ जनाले ग्रेड बृद्धिको परिक्षा दिन पाउने भएका छन ।
अघिल्लो शैक्षिक सत्रको अवस्थामा केही सुधार आएको भएपनि नतिजा देखाउन मिल्ने अवस्थामै नरहेको । गएको वर्षको तुलनमा केही प्रतिशत सुधार भएपनि समग्र अवस्थामा अझै चिन्ताजनक र लाजमर्दो अवस्था देखिएको पालिकाका जनप्रतिनिधीले बताएका छन् । नेता शिक्षकहरु कार्यरत विद्यालयमै बढी समस्या देखिएको छ । कक्षा ८ मा भगवती मावि र बजेडी आविको नजिता शुन्य जस्तै देखीएको छ ।
यस्तै दरबन्दी भएका र नेता शिक्षकहरु नै कार्यरत भानुदय माविमा १ सय ३ जना मध्ये ५० जना, पशुपति माविमा ६२ जना मध्ये १ जना, त्रिशक्ती माविमा ६२ जना मध्ये ८ जना, थुमा माविमा ४० जना मध्ये ६ जना, सिंगाडा माविमा ८४ जना मध्ये ९ जना मात्रै उत्तीर्ण भएका छन् । यी विद्यालयमा दरबन्दी र नेताशिक्षकहरु कार्यरत छन् ।
कक्षा ८ को परीक्षामा दुधिर आधारभुत विद्यालय र धुरालसैन माविले अरुको तुलनामा राम्रो नतिजा ल्याएका छन् । दुधीरमा ३२ मध्ये १४ जना उत्तीण भएका छन्, भने धुरालसैनमा ४३ जना मध्ये १५ जना उत्र्तीण भएका छन् । लगातार दुई वर्ष विद्यार्थी उत्तीण गराउन नसकेपछि केही विद्यालयका माथिल्ला कक्षा बन्द गर्नु पर्ने अवस्था आएको छ ।
सारदा मावि, कुणी आधारभुत विद्यालय, कुणीकोट आधारभुत विद्यालय, बजेडी आधारभुत  विद्यालयले शुन्य नतिजा ल्याएका छन् । यी मध्येले केहीले अघिल्लो वर्षपनि शुन्य नतिजा ल्याएका थिए । त्रिशक्ती माबिले ६८ जनामा ३, सिंगाडा माबिले ५९ जनामा ३, भगवती माविले ५६ मा १, पशुपति माबिले ७ जनामा १, भानुदय माबिले ३४ जनामा १ जनालाई उत्तीर्ण गराउन सफल भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार