मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा आगलागीबाट १३ करोडको धनमाल नष्ट, दुई जनाको मृत्यु

बाजुरामा आगलागीबाट १३ करोडको धनमाल नष्ट, दुई जनाको मृत्यु

४४ चौपाया मरे

  • सोमवार, चैत्र २६, २०८०
बाजुरामा आगलागीबाट १३ करोडको धनमाल नष्ट, दुई जनाको मृत्यु
बाजुराकाे बडिमालिका ६ नुनेपानीको एक पसलमा भएकाे आगलागी

टेक बहादुर बुढा —बाजुरामा पछिल्लो समय आगलागीका घटना भयावह बन्दै गएको छन् । जिल्लामा तीन बर्षको अवधिमा करोडौं रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकअनुसार तीन बर्षको अवधिमा १३ करोड १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै साहि अवधिमा आगलागीबाट दुई जनाको मृत्यु र ११ जना घाइते भएका छन् भने ४४ चौपाया मरेका छन् ।

आगलागीबाट आर्थिक बर्ष २०७८।७९ मा १२ लाख ८३ हजार रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ भने एकको आगलागीबाट मृत्यु पाँच जना घाइते र ७ वटा चौपाया मरेका छन भने दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै ९ घर पूणर् रुपमा जलेर खरानी भएका छन् भने ३ आंशिक र ३ घरमा सामान्य क्षेति भएको छ ।

आर्थिक बर्ष २०७९।८० मा १० लाख ८३ हजारको धनमाल जलेर नष्ट, एक जनाको् मृत्यु पाँच घाइते र ३७ चौपाया मरेका छन् भने एक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकले देखाएको छ । त्यस्तै एक हजार ४ सय ८२ कुखुरा र ५ खरायो जलेर मरेका छन् । सोहि अवधिमा ५ घर पूणर् रुपमा जलेका छन् भने ६ आंशिक र ६ घरमा सामान्य क्षेति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

त्स्तै आगलागीबाट आर्थिक बर्ष २०८०।८१ को हालसम्म एक करोड ७४ लाख बढीको धनमाल जलेर खरानी भएको छ भने एक जना घाइते भएका छन् । त्यसै गरी १३ वटा घर पूणर्रुपमा जलेर नष्ट दुई आंशिक र एक घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्लामा सबैभन्दा बढी असावधानीका कारणले नै आगलागीका घटना भइरहेका जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानसिंह भण्डारीले बताएका छन् ।

त्यस्तै बिजुलीको तार सर्ट हुनु, भान्साबाट उत्पन्न आगो, एक स्थानमा बालेको आगो अन्यत्र सल्किन पुग्नु, सलाई, लाइटरको लापरवाहीपूर्ण प्रयोग लगायतका अन्य कारणले पनि आगलागी भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार