शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङ-१ (१) मा एमालेका भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ-१ (१) मा एमालेका भण्डारीलाई दोब्बर मतको अग्रता

  • आइतवार, बैशाख १६, २०८१
बझाङ-१ (१) मा एमालेका भण्डारीलाई दोब्बर मतको अग्रता

झाङ — प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।

छवीस पाथीभरा गाउँपालिका वडा नं. १ र २ को मतगणना भइसक्दा भण्डारीले ७५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत पाएका छन् । एमाले र कांग्रेसका बीचको मतान्तर ३७७ छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले ९ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरू भएको हो । एकै पटक दुई ठाउँमा मतगणना भइरहेको छ। शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

चर्चामा

सम्बन्धित समाचार