शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • मनोसामाजिक सहयोग तथा लैङगिक रुपान्तरण सम्बन्धि तालिम सम्पन्न

मनोसामाजिक सहयोग तथा लैङगिक रुपान्तरण सम्बन्धि तालिम सम्पन्न

  • मङ्लबार, चैत्र ६, २०८०
मनोसामाजिक सहयोग तथा लैङगिक रुपान्तरण सम्बन्धि तालिम सम्पन्न

पदमबहादुर सिंह/बाजुरा ६ चैत्र– सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि मनोसामाजिक सहयोग तथा लैङगिक रुपान्तरण सम्बन्धि तालिम सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएको सहयोग आईपासको नेतृत्वमा सिएमसी नेपाल, बडिमालिका र बुढीगंगा नगरपालिकाको समन्वयमा १० दिने आधारभूत तालीम बाजुरा सदरमुकाम मार्तडीमा आयोजना गरेको थियो । तालिममा सीएमसी नेपालले सञ्चालन गरेको लैंगिक हिंसा रोक थाम तथा प्रतिकार्य परियोजनामा दोस्रो चरण कार्यक्रम अन्तरगत बैतडी, बझाङ्ग, अछाम र बाजुरा जिल्लाका स्थानीय तहका सामुदायिक मनोसामाजिक कार्यकर्ता र संयोजक सहभागी थिए ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएको सहयोगमा बैतडी जिल्लाबाट १ जना, बझाङ जिल्लाबाट १ जना, अछाम जिल्लाबाट २ जना र बाजुरा जिल्लाबाट ७ जना गरि ११ जना सामुदायिक मनोसामाजिक कार्यकर्ताहरु आधारभुत्त तालिममा सहभागि रहेका सीएमसी नेपाल बाजुरा जिल्ला मनोसामाजिक परामर्शकर्ता जानकी चन्द शाहले जानकारी दिईन ।
बडिमालिका नगरपालिकाका नगरप्रबक्ता धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बाजुरा जिल्ला समन्वय समिति प्रमुख तुलशीराम रोकाया रहेका थिए । समापन कार्यक्रममा बोल्दै समन्वय प्रमुख रोकायाले मानिसहरुमा सकारात्मक सोच विकास गर्नका लागि मनोसामाजिक परामर्श आवश्यक रहेको बताए । उनले मनोसामाजिक परामर्श मार्फत लैंगिक हिंसा न्युनिकरण र समाज परिवर्तनमा सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको ठूलो भूमिका रहेको र १० दिनको अवधिका सिकेका कुराहरुलाई समुदाय स्तरमा लागु हुने बिश्वास रहेको बताए ।
त्यस्तै बडिमालिका नगरपालिकाका नगरप्रबक्ता धर्मराज पाध्यायले हिंसा सामाजिक र मानसिक कारणले हुने गरेको बताउँदै त्यसलाई निराकरण गर्नका लागि मनोसामाजिक परामर्शकर्ताहरुले भूमिका खेल्नु पर्ने बताए । उनले आत्महत्याको घटनामा पनि मानसिक कारण हुने गरेकाले त्यस्ता समस्या पनि मनोसामाजिक परामर्शकै माध्यमबाट समाधान गर्न सकिने बताए । मनोसामाजिक र मानसिक समस्यामा मनोपरामर्श सेवा अति आवश्यक रहेको पाध्यायाले बताए ।
युएनएफपिएका बाजुरा जिल्ला प्रतिनिधि देवेन्द्र शाहले १० दिनसम्मको सिकाईले स्थानीय स्तरका लैगिंक हिंसा न्यूनिकरण तथा सहजिकरणमा सहयोग पुग्ने बताए । मनोसामाजिक कार्यकर्ताले हिंसा पीडितको मनोभावनाका आधारमा सुचनाको गोपनियता कस्तो खालको हिंसा हो, हिंसाका प्रकारहरु मध्य कुन खालको हिंसा भएको र कस्तो खालको परामर्शको आवश्यक रहेको भन्ने कुरालाई ध्यानमा राखेर काम गर्न बताएका थिए । समापन सत्र कार्यक्रमको सञ्चालन सीएमसीका बाजुरा जिल्ला मनोसामाजिक परामर्शकर्ता जानकी शाहले गरेको थियो ।
फागुन २७ देखी चैत्र ६ गतेसम्म १० दिनको अबधीको तालिमको सहजिकरण परशिक्षण परियोजनाका प्रदेश  मनाेसामाजिक सुपरभाईजर एभन श्रेष्ठ, सिएमसी नेपाल बाजुराका मनोसामाजिक परामर्श कर्ता जानकी चन्द शाह, सोही परियोजनाका अछाम जिल्ला परामर्शकर्ता पार्वति बाेहराले गरेका थिए । त्यस्तै लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामा दोस्रो चरण आईपास बाजुरार अछाम जिल्ला संयोजक रमेश थापा र युएनएफपीए बाजुरा जिल्ला संयोजक देवेन्द्र शाहले पनि सहजिकरण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार