बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुराको जगन्नाथका दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता ३ काे उद्धार

बाजुराको जगन्नाथका दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता ३ काे उद्धार

  • शुक्रबार, बैशाख ७, २०८१
बाजुराको जगन्नाथका दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता ३ काे उद्धार

बाजुरा– बाजुराको जगन्नाथका दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका–२ बस्केना बस्ने नन्दबहादुर शाहको छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी १३ वर्षीया सन्जु कुमारी शाही बिहीवार दिउँसो सोही ठाउँको नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।

प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई दुबै बालिकाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यी दुबै बालिकासहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकाको सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका दुई बालिकाहरुको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार