मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाज
  • जन्मदिनको अवसरमा समाजसेवी रिजालले बाजुराकी विपन्न अनुशालाई आर्थिक सहयोग

जन्मदिनको अवसरमा समाजसेवी रिजालले बाजुराकी विपन्न अनुशालाई आर्थिक सहयोग

  • सोमवार, बैशाख ३, २०८१
जन्मदिनको अवसरमा समाजसेवी रिजालले बाजुराकी विपन्न अनुशालाई आर्थिक सहयोग

बाजुरा– आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहेका समाजसेवी किरन रिजालले आफ्नो छोराको जन्मदिनको अवसरमा बाजुराको बुढिनन्दा नगरपालिका वडा न ९ की अनुशा शार्कीलाई आर्थिक सहयोग गरेका छन् ।
काठमाण्डौ जिल्ला कलङकी वडा नम्मर १४ का समाजसेवी किरन रिजालका छोरा एरिश रिजालको जन्मदिनको अवसरमा अति बिपन्न बालिका अनुशाको लुगा कपडाको सहयोगका लागि नगद १० हजार सहयोग गरेका हुन् । अनुशाको फोटो सामाजिक संजालमा आईसकेपछी काठमाण्डौ स्थित किरन रिजालले बालिकाको लुगा कपडामा सहयोग पनि हुने र आफ्ना छोराको जन्मदिनको अवसर पनि मिलेकोले सहयोग गरेका समाजसेवी रिजालले बताए ।
सामाजिक कार्य गरी जन्मदिन मनाउने उद्देश्यले साहारा बिहिन र दिन दुखीलाई सहयोग गरेको समाजसेवी रिजालले बताए । फजुल खर्च गर्नुकोे सट्टा यसरी जन्मदिन मनाउँदा मनमा आनन्द प्राप्त हुने उनको अनुभव छ । समाजसेवी किरन रिजाल हिमालयन बैकं लिमिटेडमा कार्यरत छन । उनले बिपन्न तथा असाय गरिवहरुको सेवा गर्दा आफुलाइ आनन्द महसुस हुने गरेको बताउछन ।
७ बर्षिया अनुशा उनका बुढा बाजे र बजैको साहारामा हुर्कीरहेकी छन । उनको बुवाको मृत्यु भएको र उनकि आमाले अर्कैसंग बिहेर गरेपछि उनि बाजे र बज्यैको साहारामा हर्कीरहेकी छन । अनुसाकी बज्यै बिरामी हुँदा आर्थिक अभावका कारण गाडीभाडा नपाएर ६० बर्षिया बाजे जयराम शार्कीले करिव ८ घण्टा बोकेर सदरमुकाम ल्याएका थिए ।

No description available.
बज्यै जगट्ठी शार्की बिरामी भएर जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आएको बेला बडिमालिका खवरको टिमले भेटेको थियो । उनको आर्थिक अवस्था कमजोर भएका कारण पाण्डुसैन देखी सदरमुकामसम्म उनका ६० बर्षिया श्रीमान जयराम शार्कीले कतै बोकेर त कतै हिडाएर ल्याएका रहेछन । उनलाई अस्पतालले निशुल्क उपचार गरेपछी सोमबार अस्पालले डिस्चार्ज गर्यो ।
उनलाई घरसम्म पुग्न बडिमालिका मिडिया हाउसको समन्वय तथा बडिमालिका फाण्डेशनको सहयोगमा गाडीभाडा ब्यबस्थापन गरीदिएको बडिमालिका मिडिया हाउसका प्रकाशक प्रकाश सिहंले बताए । बडिमालिका फाउण्डेसन र बडिमालिका मिडिया हाउसले बिगत लामो समय देखी सामाजिका कार्य गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार