मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • हिजाे आएकाे हावाहुरीले बाजुराका कुन ठाउँमा के भयाे (विवरणसहित)

हिजाे आएकाे हावाहुरीले बाजुराका कुन ठाउँमा के भयाे (विवरणसहित)

  • आइतवार, चैत्र १८, २०८०
हिजाे आएकाे हावाहुरीले बाजुराका कुन ठाउँमा के भयाे (विवरणसहित)

बाजुरा– हावाहुरीका कारण बुढीगंगा नगरपालिका-१० रिठाबजारमा रहेको अस्थायी प्रहरी पोष्टसहित जिल्लाका विभिन्न ठाउँमा क्षेती पुगेको छ । शनिबार दिउसो १ बजे तिर चलेको हावाहुरीका कारण अस्थायी प्रहरी पोष्टको काठ र टिनले बनेको भान्साघर र नागरिक सहायता कक्ष (गोलघर) र अस्थायी प्रहरी बेस क्याम्पको ढोका भाँचिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाका अन्य ठाउँमा समेत हावाहुरीले निकै क्षेती पुगाएको छ । ढुंगा माटो र जस्तापाताले छाएका घर, पसल, छानो र विद्यालयका भौतिक संरचनाहरुमा क्षेती पुगेको छ । जसमा बुढीगंगा नगरपालिका- २ मा रहेको आवासीय मावि र स्वामीकार्तिक खापर गाउँपालिका-४ स्थित कालिका आधारभुत विद्यालयको टिनले छाएको छानोमा क्षेती पुगेको छ ।

हावाहुरीका कारण अहिलेसम्म बुढीगंगा नगरपालिका- १ धुरालसैनका रामबहादुर थापा, मनविर थापा, तारा नेपाली, निरु नाथ, मनिसा महता, खप्तड छेडेदह गाउँपालिका ७ का डम्म कठायत, ६ का गोल्से सार्की, ७ का पदम बुढा, मनोज नेपाली, धना रावत, बुढीगंगा- २ बल्देका पदम भण्डारी, खेम पाध्याय, मोति विक, बजेडीका रामचन्द्र जैशी, स्वामीकार्तिक खापर गाउँपालिका ४ का गोल्मा कैला, धनदत्त जोशी विष्णु जोशी, जानकी कैला, जनदेवी कैला, स्वामीकार्तिककै ३ का दुर्योधन शाही, सामुदायिक किसानी मिल, बडीमालिका-७ को जिल्लीका कर्ण विक, विशे चंदारा, मन ल्वार बडिमालिका ९ बस्ने जन थापा र विरबहादुर थापाको घरको छानोमा क्षेती पुगेको र अन्य ठाउँबाट पनि हावाहुरीले गरेको क्षेतीको विवरण संकलन भईरहेको प्रहरीले बताएको छ ।

हावाहुरीले बडीमालिका नगरपालिका-५ मा रहेका कैलाशेस्वरी मावि मनाको जस्तापाताले छाएको छानो, दलित भवन र शहरी विकास केन्द्रको भवनमा क्षती पुगेको वडा अध्यक्ष धर्मपाल मिजारले बताएका छन् । त्यस्तै खप्तड छेडेदह ७ स्थित विमल रावतको टिनले छाएको होटल समेतमा क्षती पुगेको छ । भने बडीमालिका-८ को गैरी खेत कृषक समूहको तरकारी फर्म लगायत अन्य स्थानीयहरुका तरकारी फर्मका टनेलमा समेत क्षेती पु्गेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार