शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • ८० बर्षीय रंगी नेपाली नागरिकताबाट बञ्चित

८० बर्षीय रंगी नेपाली नागरिकताबाट बञ्चित

  • मङ्लबार, चैत्र १३, २०८०
८० बर्षीय रंगी नेपाली नागरिकताबाट बञ्चित

पदमबहादुर सिंह/बाजुरा— बाजुराको बुढीगंगा नगरपालिका –८ की रंगी नेपालीले ८० बर्षको उम्मेससम्म नागरिकता पाउन सकेकी छैनन् । रंगी नेपालीका पोईली र माईती पक्षका आफन्त कोही नहुदा नागरिकताबाट बञ्चित भएको स्थानिय तपेश रावलले बताएका छन् ।

उनका श्रीमान धने नेपालीको मृत्यू भईसकेको छ, श्रीमानको पनि नागरिकता वा कुनै ठेगाना अन्य प्रमाण छैन । श्रीमान धने नेपाली कामको शिलशिलामा बाजुरा आएको समयमा रंगी नेपालीको बिबाह भएको थियो । माईती खप्तड छेडेदह गाउपालिका ४ लिसाना भएको माईतीमा पनि आमा, बुबा र दाजु भाई आफन्त कोही नभएको उनले बताईन ।

नागरिकता नुहँदा सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चित भएकी छन् । श्रीमान जीबित हुँदा बुढीगंगा नगरपालिका ७ बड्डेलीचौरमा अर्काको टिनको छानो बस्दै आएको थिए । श्रीमानको मृत्यू पछि रंगी नेपाली हाल बुढीगंगा नगरपालिका ८ जेठी छोरी सिर्जना नेपालीको घरमा बस्दै आएकी छन् । नेपाली सरकारले दलित महिलालाई ६० बर्षको उमेरमा बृद्ध भत्ता दिदै आएको भएपनि नागरिकता नहुँदा बृद्ध भत्ताबाट बञ्चित भएको रंगी नेपालीले बताईन । रंगी नागरिकताबाट बञ्चितसंगै सुकुमबासी रहेकी छन् । श्रीमानको एकीन ठेगाना उनलाई थाहा छैन । यता उनको र उनको श्रीमानको नाममा एक कित्ता जग्गा पनि छैन ।

कान्छी छोरी चैती नेपालीले पुर्वेसंग बिहे गरेको तर कान्छी छोरीको श्रीमानको पनि मृत्यू भएपछि छोरीले अर्को बिहे गरेर गइन् । उनि भने भारत तिर रहेको बुझिएको छ । उनबाट जन्मेकी छोरी पनि आफुसंगै रहेको उनलाई पाल्न र आफु पालिन साह्रै समस्या भएको रंगीले बताईन । नातिनीको आमा बुवा नहुँदा र आफ्नो नागरिकता नहुदा जन्मदर्ता नभएको उनले बताईन् । नातिनी उर्मीला नेपाली कक्षा ८ मा त्रिशक्ति माबिमा अध्यनरत छन् ।

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले भने बाजुरा जिल्लाबाट बिहे गरेर गएको हकमा बाजुराबाट नागरिकता दिन नमिल्लने बताए । ठेगाना नै थाहा नभएको हकमा मन्त्रालयमा बुझेर बताउने उनले बताए । पहिला उनको श्रीमान कहाँ रहेको त्यो थाहा भएपछि त्यहि जिल्ला बाट नागरिकता बनाउनु पर्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार