शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृषि ज्ञान केन्द्र बाजुराद्धारा उन्नत जातको धान र मकैको बिउ वितरण

कृषि ज्ञान केन्द्र बाजुराद्धारा उन्नत जातको धान र मकैको बिउ वितरण

  • सोमवार, बैशाख १०, २०८१
कृषि ज्ञान केन्द्र बाजुराद्धारा उन्नत जातको धान र मकैको बिउ वितरण

बाजुरा– कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा उन्नत जातको धान र मकैको बिउ वितरण गरेको छ । कृषि ज्ञान केन्द्र बाजुराबाट यस बर्षको उन्नत जातको बिउ वितरण गरिएको हो । वैशाख १३ गतेबाट जिल्लाका नौ वटै पालिकाका कृषि विकास शाखाबाट समेत धान र मकैको उन्नत जातको बिउ वितरण गरिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताए ।
जिल्लामा यस बर्ष धान ३ हजार ८ सय ६० केजी र मकै १ हजार ७ सय ६० केजी उन्नत जातको बिउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख मिनप्रसाद जैशीले बताएका छन् । उनका अनुसार धानका ६ जात र मकैका ३ जातका बिउ वितरण गरिने भएको छ । जसमा धानका जातमा सुख्खा ३, हर्दिनाथ ६, खुमल १०, खुमल १६, लुम्ले २, जुम्लि मार्सी र मकैका जातमा मनकामना ३, रामपुर कम्पोजिट, अरूण २ गरि ४ लाख ३५ हजारको बिउ वितरण गरिएको बताएका छन ।
कृषकहरुले उन्नत बिउको प्रयोग गर्न सके मात्रै अन्य सबै कुराहरू उस्तै भएपनि १५ देखि २० प्रतिशतले उत्पादन वृद्धि हुने गरको विभिन्न तथ्यांकहरूले देखाउँछ । सोहि तथ्यांकका आधारमा बाजुराको खाद्य सुरक्षालाई बढाएर उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्र्दै कृषि ज्ञान केन्द्र बाजुरा र सबै स्थानिय तहका कृषि विकास शाखावाट सबै कृषकहरूले सहज रुपमा बिउ प्राप्त गर्ने व्यवस्था मिलाएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीले बताए । त्यस्तै जिल्लाभरिका सबै कृषकहरुले आफ्नो पाएक पर्ने स्थानवाट सेवा लिन कृषि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार