शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले बाजुराको जिल्ला अधिवेशन उद्धाटन गर्न अध्यक्ष ओली बाजुरा आउदैँ

एमाले बाजुराको जिल्ला अधिवेशन उद्धाटन गर्न अध्यक्ष ओली बाजुरा आउदैँ

  • मङ्लबार, बैशाख ११, २०८१
एमाले बाजुराको जिल्ला अधिवेशन उद्धाटन गर्न अध्यक्ष ओली बाजुरा आउदैँ

बाजुरा —नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशन उद्धाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बाजुरा आउने भएका छन् । २०८१ जेठ १ देखी ३ गतेसम्म बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा हुने जिल्ला अधिवेशनको उद्धाटन अध्यक्ष ओलीले गर्ने भएका हुन् ।

यस अघि चैत २१ गते बसेको जिल्ला कमिटि बैठकले जिल्ला अधिवेशनको मिति तोकेर उद्धाटनका लागि अक्ष्यक्ष ओलीलाई निमन्त्रणा गर्ने निणर्य गरेको थियो । आज अध्यक्ष ओलीलाई प्रत्यक्ष रुपमा भेटेर अधिवेशन उद्धाटनका लागि औपचारिक रुपमा निमन्त्रणा गरिएको एमाले बाजुरा अध्यक्ष भरत बहादुर भापाले बताएका छन् ।

याे पनि पढ्नुहाेस्

नेकपा एमाले बाजुराको अधिवेशन जेठ १ देखी ३ गते मार्तडीमा हुने

चर्चामा

सम्बन्धित समाचार