सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राजनीति
  • इलाम -२ मा मतान्तर घटाउँदै सुहाङ,खड्काको अग्रता कायमै

इलाम -२ मा मतान्तर घटाउँदै सुहाङ,खड्काको अग्रता कायमै

  • आइतवार, बैशाख १६, २०८१
इलाम -२ मा मतान्तर घटाउँदै सुहाङ,खड्काको अग्रता कायमै

इलाम– इलाम क्षेत्र नम्बर- २ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का अगाडि रहेका छन्। इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहमा हालसम्म भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार खड्काले ११५५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुहाङ नेम्बाङ १०७२ मत प्राप्त गरेका छन्। उनीहरुबीच मतान्तर ८३ रहेको छ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ३१३ मत,राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २११ मत प्राप्त गरेका छन्।

फाकफोकथुम गाउँपालिका वडा नम्बर -२ को मत गणना हुँदा डम्बर खड्काले ४९८,सुहाङ नेम्वाङ ५३८,मिलन लिम्बूले ९६,डकेन्द्रसिंह थेगिमले १२६ मत पाएका हुन्।

अहिले मतगणना जारी रहेको छ। फाकफोकथुम गाउँपालिका सकिएपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनास्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएका छन्। मतगणना स्थलमा भीडभाड हुन नदिन चोक बजारमा रहेको डस्प्लेबोर्डमा परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्।

वि.सं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

चर्चामा

सम्बन्धित समाचार