शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गाैमुलमा बाजुरा जिल्लाकै लामो झोलुङ्गे पुल निार्माण अन्तिम चरणमा

गाैमुलमा बाजुरा जिल्लाकै लामो झोलुङ्गे पुल निार्माण अन्तिम चरणमा

  • आइतवार, बैशाख ९, २०८१
गाैमुलमा बाजुरा जिल्लाकै लामो झोलुङ्गे पुल निार्माण अन्तिम चरणमा

सुशिल रोकाया/बाजुरा– जिल्लाको गौमुल गाउँपालिकामा जिल्लाकै लामो झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गौमुल गाउपालिकाको ३ वडा कार्यालय माझपाली देखी सोहि वडाको धल्काँडा, पाते र गर्जे जोड्ने २ सय ६० मिटर लामो झोलुङ्गे पुल निमाणर्को कार्य अन्तिम चरणमा पुगेको हो ।

यो पुल बाजुरा जिल्लाकै लामो र बढी उचाइ भएको हुन सक्ने बताइएको छ । “स्थानिय पुर्वाधार बिकास आयाेजना कार्यालय धनगढी कैलालि” लगानी र  प्राविधिक सहयोगमा बाजुरा जिल्लाकै सबै भन्दा लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुन लागेको गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताए । करिब १ सय ७० मिटर अग्लो उक्त पुल निर्माण्का लागी विसं २०७८ जेठमा अंसमन चन्द्रोदय जे.वि निर्माण कम्पनी धनगढीले १ करोड ५९ लाखमा ठेक्का सम्झौता भएर निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष रोकायाले बताए ।

तत्कालीन संघिय सांसद लाल बहादुर थापाको बिषेश पहलमा सो पुल निर्माण गरिएको हो । फाउण्डेशन सहित पुललाई आवश्यक पर्ने १४ वटा लठ्ठा तानिसकेकाे र माथि स्टिलको फ्ल्याक बिछ्याउने काम पनि ५० मिटर सम्म सकिएको अंसमन चन्द्रदोय जे. वि. निर्माण सेवा धनगढीका ईन्जिनियर पुर्ण बहादुर खत्रीले बताएका छन । करिव ९० प्रतिशत काम सम्पन्न भएको छ, अवको एक महिनामा सबै काम सम्पन्न हुने खत्रीले बताए । २ सय १० मिटरमा स्टिलको फ्ल्याक बिछ्याउने, दायाँ बायाँ जाली हालेर लठ्ठा कस्ने, भार परिक्षण र प्राविधिक नापचाँचको काम भने बाँकी रहेको खत्रीले बताए ।

यसै महिना भित्र पुल संञ्चालनमा ल्याउने लक्ष्य सहित निर्माणको काम भईरहेकोक छ । ठेक्का सम्झौताको म्याद २०८० पौषमा सकिए पनि ६ महिनाका लागि म्याद थप गरिएको थियो । लक्ष्य भन्दा करिव ४ महिना ढिला गरि पुल निर्माण सकिन लागेको गौमुल गाउँपालिकाले जनाएको छ । पुल बनेपछि एक घण्टाको बाटो दश मिनेटमा छोटिनुका साथै धल्काडा, पाते र गर्जेका करिव दुईसय घरधुरीका जनतालाई वडा कार्यालयबाट प्रदा गरिने सेवा, स्वास्थय सेवा लगायत आउजाउ गर्न निकै सहज हुने भएकोे स्थानियले राजिव रोकायाले बताए । बिषेश गरि बालबिकास माध्यामिक बिध्यालयमा अध्यन गरिरहेका बिध्यार्थीहरुका लागि सहज हुने रोकायाले बताए ।

माझपाली र धल्काँडा वारी पारीका दुईवटा ठुला अग्ला डाँडालाई जोडेर झोलुङ्गे पुल निर्माण गर्ने त्यहाँका नागरिकको बर्षौ देखीको सपना पुरा हुने भएको  वडा अध्यक्ष गाेरख बाेहराले बताए । पुल निर्माणको कार्य अन्तिम चरणमा पुगे पछि त्यहाँका स्थानिय खुशी हुनुका साथै पुल निर्माणका लागि पहल गर्ने गाउँ जिल्ला देखी केन्द्र सम्मको नेतृत्व सहित निर्माण कम्पनी र सहयोगीलाई वडा अध्यक्ष बाेहराले धन्यवाद समेत दिएका छन् ।  सहज सडक संजाल संग जोड्न नसकिने भौगलिक कठिनाईहरु भएका बाजुरा जिल्लाका अन्य भुगौलहरुमा पनि यस्तै खालका झोलुङ्गे पुलहरु निर्माण गरि जनतालाई शिक्षा स्वास्थ्य लगायतका बिभिन्न सेवाहरु प्राप्त गर्न पहल गरिनु पर्ने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार