बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङमा कांग्रेसका सिंह २८४ मतले अगाडि

बझाङमा कांग्रेसका सिंह २८४ मतले अगाडि

  • सोमवार, बैशाख १७, २०८१
बझाङमा कांग्रेसका सिंह २८४ मतले अगाडि

बझाङ– बझाङ क्षेत्र नम्बर १ (क)मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सोमबार बिहानको मतगणनाअनुसार कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले आठ हजार ९७७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले आठ हजार ६९३ मत ल्याउनुभएको छ । कांग्रेसका सिंह २८४ मतले अगाडि हुनुहुन्छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ४६९ र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दिलबहादुर सिंहले दुई ३०४ मत प्राप्त गर्नुभएको छ ।

यो बझाङको जनपा, खप्तडछान्ना, छविसपाथिभेरा, थलारा ९ र सुर्मा गाउँपालिका र मस्टा गाउपालिका १, २, ३, ४ , ५ र ६ को अन्तिम मतपरिणाम हो । अब मस्टा ७, तल्कोट गाउँपालिका र साइपाल गाउँपालिका मतगणना हुन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार