बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • इलाममा एक उम्मेदवारले अझै खाता खोलेनन्

इलाममा एक उम्मेदवारले अझै खाता खोलेनन्

  • सोमवार, बैशाख १७, २०८१
इलाममा एक उम्मेदवारले अझै खाता खोलेनन्

इलाम– प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा मतगणना जारी रहेको छ । हालसम्म २१ हजार ८१० मत गनिसकेको छ ।

अहिलेसम्म एक जना उम्मेदवारले एक मत पनि ल्याउन सकेका छैनन् । स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमको शून्य मत छ ।

यता एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका छन् । सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन् ।

चर्चामा

सम्बन्धित समाचार