शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका २ मा किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

बुढिगंगा नगरपालिका २ मा किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

  • आइतवार, बैशाख ९, २०८१
बुढिगंगा नगरपालिका २ मा किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

बाजुरा– बुढिगंगा नगरपालिका वडा न २ को ३ बिध्यालयका २६ जना किशोरीहरुलाई सेनटरी प्याड बनाउने तालीमको आयोजना गरिएको छ । विद्यालयका किशोरीहरु आफ्ना लागि आवश्यक हुने सेनेटरी प्याड आफै बनाउन सकुन भन्ने उदेस्यका साथ तालिमको आयोजना गरिएको हो ।

बुढिगंगा नगरपालिकाको आर्थिक सहयोग तथा आईडिएस नेपालको सहयोगमा सो तालिमको आयोजना गरिएको आईडिएस नेपालका पालिका संयोजक माया बिष्टले बताएकी छन । विद्यालयमा अध्ययनरत किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइए पछि आफ्ना लागि आफै प्याड बनाउन सकुन भन्ने उदेस्य रहेको बिष्टले बताएकी छन ।
महिनावारीको समयमा किशोरीहरुमा विद्यालय आउन समेत नसक्ने अवस्था रहने हुनाले उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफैले बनाएको प्याड प्रयोग गर्नसके स्वास्थ्यका लागि पनि राम्रो हुने उद्देश्यले तालिम दिइएको प्रशिक्षक आशा थापाले बताएकी छन । किशोरीहरुलाई धोएर पुनः प्रयोग गर्न सक्ने कपडा प्रयोग गरेर बनाउन सिकाइएको स्वास्थ्य कर्मी तथा प्रशशिक्षक थापाले बताएकी छन । कार्यक्रमकाे सहजीकरण आईडिएस नेपालका जिल्ला स‌याेजक प्रेम खनाल र लेखापाल लक्ष्मीराज जाेशीले गरेका थिए ।

त्यस्तै, किशोरीहरुले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु, स्वस्थ तरिकाले प्याड प्रयोग गर्ने विधिबारे समेत तालिममा सिकाइएको बुढिगंगा नगरपालिकाले जनाएको छ ।  सेनेटरी प्याड बनाउन के-कसरी कपडा काट्ने, प्याड सिलाउने लगायतको सहजीकरण तथा थप सुझाव सल्लाह कार्यक्रममा दिइएको थियो । महिनावारीको समयमा महिलाले प्रयोग गर्ने कपडा वा सेनेटरी प्याड सुरक्षित भएन भने महिलाहरुमा प्रजनन स्वास्थ्यका तमाम समस्याहरु देखा पर्नुका साथै ज्यानै जोखिममा हुने भएकाले सेनेटरी प्याड निर्माण तथा महिनावारी स्वच्छताको प्रभावकारी व्यवस्थापनमा यस्ता तालिमले महत्वपूणर् सहयोग पुर्याउने कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

महिनावारी हुँदा छात्रा विद्यालयमा उपस्थित नहुने तथा कक्षा छाडेर जाने परम्पराको अन्त्य र किशोरीहरुलाई आत्मनिर्भर बनाएर घरमै प्याड बनाउन यस तालिमले सहयोग गर्ने विश्वास गरिएको छ । किशोरीहरुलाई तालिममा स्वास्थ्य सरसफाइ, किशोरी अवस्थामा हुने परिवर्तन र स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा तालिम दिइएको छ । बुढिगंगा नगरपालिका वडा न २ का कार्यबाहक वडा अध्यक्ष धर्मराज जैशीको अध्यक्षतामा सो कार्यक्रमको संचालन गरिएको आईडिएस नेपालका पालिका संयोजक माया बिष्टले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार