आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सुँगुरको बोसोबाट हवाई इन्धन, तर किन व्यक्त गरिँदैछ चिन्ता ?

सुँगुरको बोसोबाट हवाई इन्धन, तर किन व्यक्त गरिँदैछ चिन्ता ?

  • बुधबार, जेष्ठ ३१, २०८०
सुँगुरको बोसोबाट हवाई इन्धन, तर किन व्यक्त गरिँदैछ चिन्ता ?
फाइल तस्विर

सुँगुर, गाइवस्तु तथा कुखुराको बोसोलाई विमानहरुमा हरित इन्धनको रुपमा प्रयोग गरिँदै आएको छ। तर एक नयाँ अध्ययनले भने यसो गर्नु अन्ततः पर्यावरणका लागि हानिकारक सावित हुने चेतावनी दिएको छ।

वास्तवमा जनावरको बोसोलाई अनावश्यक तथा बेकार मानिन्छ, त्यसैले हवाई इन्धनमा यसको प्रयोग कार्वन फुटप्रिन्ट कम गर्नका लागि उपयोगी ठानिएको छ। एक प्रक्षेपण अनुसार इन्धन बनाउनका लागि मात्रै जनावरको बोसोको माग सन् २०३० सम्म ३ गुणाले बढ्ने सम्भावना छ र यसको ठूलो हिस्सा हवाइजहाजमा प्रयोग हुन्छ।

तर इन्धन उत्पादनमा जनावरको बोसोको प्रयोग बढ्दै जाँदा त्यसले जनावरको चर्बीको आपूर्तिमा कमी आउने र अन्य उद्योगहरुको पाम तेलमाथिको निर्भरता बढ्ने विज्ञहरुको आशंका छ। यो कार्वन उत्सर्जनको अहम् श्रोतमध्येको एक हो। अर्कोतर्फ एयरलाइन्सहरुमाथि पनि कार्वन उत्सर्जन कम गर्ने भारी दबाब छ, किनकि हवाई जहाजहरुमा ठूलो परिमाणमा जिवास्म इन्धनको प्रयोग गरिन्छ।

बेल्जियमको ब्रसेल्सस्थित एक स्वच्छ परिवहन पैरवी समूह ट्रान्सपोर्ट एण्ड म्यानेजमेन्टका अनुसार एयरलाइन्सको बोसोको माग पूरा गर्नका लागि चाहिने जनावरहरु दैनिक रुपमा मार्न सकिँदैन। उक्त समूहका सदस्य म्याच फिन्चका अनुसार जनावरको बोसोको श्रोत असिमित छैन ।

उनी भन्छन्, ‘यदि विमान कम्पनीहरुबाट यसको माग बढ्यो भने ती उद्योगहरुले कुनै दोश्रो विकल्पको खोजी गर्नुपर्नेछ जो पहिलेदेखि नै जनावरको बोसोमा निर्भर थिए । र, त्यो विकल्प पाम तेल हो। यसप्रकार अप्रत्यक्ष रुपले उड्ययन उद्योग पाम तेलको खपत बढाउनका लागि जिम्मेवार हुनेछ।

बोसोबाट बायोडिजेल

बढ्दो कार्वन उत्सर्जनलाई पाम तेलको अत्यधिक खपतसँग पनि जोडिन्छ किनकि ठूलो परिमाणमा कार्वन भण्डारण गर्ने जंगललाई पामका नयाँ बिरुवा रोप्नका लागि फँडानी गरिन्छ। जनावरको बोसोलाई इन्धनको रुपमा प्रयोग गरिन्छ भन्ने तथ्य थाहा पाउँदा तपाइँलाई अनौठो लाग्नसक्छ। तर यथार्थ के हो भने जनावरको बोसोलाई सदियौँदेखि मैनबत्ती, साबुन तथा कस्मेटिक बनाउन प्रयोग गरिँदै आएको छ।

यद्यपि २० वर्षदेखि जनावरका उत्पादन तथा खाना बनाउने तेलबाट बायोडिजेल बनाउने गरिएको छ र बेलायतमा यसको चलन बढिरहेको छ।एक नयाँ अध्ययन अनुसार पूरै युरोपमा जनावरको बोसोबाट इन्धन बनाउने क्रम सन् २००६ यता धेरै गुणाले बढिसकेको छ। यसको एक ठूलो हिस्सा ट्रक तथा कारहरुमा बायोडिजेलको रुपमा प्रयोग गरिन्छ। यसलाई टिकाउ इन्धनको श्रेणीमा राखिन्छ र नियमअनुसार यसको कार्वन फुटप्रिन्ट पनि निकै कम हुनछ।

तर बेलायत तथा युरोपेली संघका सरकारहरुले उड्ययन क्षेत्रलाई अधिक स्वच्छ इन्धन उपलब्ध गराउनका लागि यस्तो खालका श्रोतहरुको अत्यधिक प्रयोग गर्ने विषयमा सोँचविचार गरिरहेका छन्।

अनि यसका लागि एयरलाइन्सहरुलाई आफ्नो इन्धनमा दीगो हवाई इन्धनको अनुपात बढाउनुपर्ने गरी नियम बनाउने प्रयास भैरहेका छन्।

बेलायतमा सन् २०३० सम्ममा यस्तो मात्रा १० प्रतिशत तथा युरोपेली संघमा ६प्रतिशत हुनेछ। तर विज्ञहरुका अनुसार यस्तो नियमले जनावरको बोसोको बजारमा दबाब पर्नेछ।

यद्यपि बेलायत र युरोपेली संघको दृष्टिकोणमा ठूलो अन्तर नभएको होइन। बेलायतमा राम्रो गुणस्तरयुक्त जनावरको बोसोको मात्रा तय गर्ने कुरा भैरहेको छ । जबकि इयूमा भने हरितगृह ग्यासको उत्सर्जन घटाउने लक्ष्य पूरा गर्नका लागि बोसोको प्रयोगलाई बढावा दिइनेछ।

त्यसैले माग बढेसँगै बोसोको मूल्यपनि बढ्नेछ र बेलायतबाट यसको निर्यातमा वृद्धि हुनेछ। यसका पनि आफ्नै खाले जटिलता देखिनेछन्।

एउटा जहाजका लागि ९ हजार सुँगुरको बोसो

ट्रान्सपोर्ट एण्ड इन्भारोन्मेन्टका अनुसार पेरिसदेखि न्युयोर्कसम्म जानका लागि एउटा विमानलाई जति इन्धन आवश्यक पर्दछ त्यो भनेको ८ हजार ८ सय वटा सुँगुरको बोसो बराबर हो। बेलायतले विमान इन्धनमा प्रयोग गर्नका लागि जनावर प्रडक्ट तथा खाना पकाउने तेलको मात्रा तय गर्दैछ, त्यसैले यी इन्धनमा जनावरको बोसोको मात्रा कम हुनेछ ।

युरोपेली संघमा एयरलाइन्सका लागि सन् २०३० सम्ममा ६प्रतिशत स्वच्छ वा हरित इन्धनको प्रयोग गर्नु अनिवार्य हुनेछ जसमा १.२ प्रतिशत इ केरोसिन रहनेछ। बाँकी रहेको ४.८ प्रतिशतको पूरै हिस्सा जनावरको बोसोबाट पूर्ति गर्नेहो भने हरेक आन्ध्र महासागरपार उडानका लागि ४ सय वटा सुगुरको बोसो आवश्यक पर्नेछ।

यदि उड्ययन क्षेत्रमा जनावरको बोसोको अत्यधिक प्रयोग भयो भने जनावरका खाना बनाउने उद्योगहरु पनि प्रभावित हुनेछन्। हाल बेलायतमा ३ करोड ८० लाख पाल्तू जनावरका लागि खानेकुरा उत्पादन गर्नका लागि जनावरकै बोसोको पनि ठूलो परिमाणमा प्रयोग हुने गरेको छ।

युके पेट फूडका उप प्रमुख कार्यकारी निकोल पेले भन्छन् : यो हाम्रो लागि वास्तवमा निकै महत्वपूर्ण कच्चा पदाथ हो र यसको विकल्प खोज्न निकै गाह्रो छ। पहिलेदेखि नै यसको निकै दीगो तरिकाबाट प्रयोग गरिँदै आएाके छ।

त्यसैले कच्चा पदार्थको रुपमा रहेको बोसोलाई बायो इन्धनका रुपमा प्रयोग गर्दा त्यसले विभिन्न समस्या पैदा गर्नेछ। उनका अनुसार यसले बोसोको प्रयोग गरिरहेका अन्य उद्योगसँग उड्ययन उद्योगको प्रतिद्धन्दिताको अवस्था सिर्जना गर्नेछ। त्यस्तै बोसोको मूल्य बढ्ने र जनावरका खानेकुरा बनाउने उद्योगले उड्ययन उद्योगसँग मूल्य प्रतिस्पर्धा गर्न नसक्ने उनी बताउँछन्। युरोपेली संघ यस दिशामा धेरै अगाडि बढिसकेको छ। तर बेलायत भने विमान इन्धनमा जनावरको बोसोको अनुपात तयर गर्ने बारेमा विचार विमर्श गरिरहेको छ।

उड्ययन क्षेत्रमा जनावरको बोसोका साथै खाना पकाउने तेलको प्रयोगमा प्रतिबन्ध लगाउने वा सीमा तय गर्ने विषयमा बेलायत सरकारले तयारी गरिरहेको छ। इन्धनमा बोसोको प्रयोगले अन्य क्षेत्रमा नकारात्मक असर परेर दुष्परीणाम नआओस् भन्नेमा बेलायत सचेत छ।

बायो इन्धन उद्योगको चिन्ता के छ भने प्रस्ताविक परिवर्तनबाट जनावरको बोसोको दोश्रो तरिकाबाट प्रयोग बढ्नेछ । युरोपेली युनियन तथा बेलायतमा बायोडिजेल उत्पादन गर्ने गरेको एर्जेन्ट इनर्जी कम्पनीका डिकन पोस्नेट भन्छन्, ‘यदि विमानहरुमा जनावरको बोसो वा कुकिंग तेल ठूलो परिमाणमा प्रयोग भयो भने त्यसले अन्य क्षेत्रहरु प्रभावित हुनेछन्। बीबीसीबाट

चर्चामा

सम्बन्धित समाचार