सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाज
  • बुबाको हत्या आरोपमा छोरी पक्राउ

बुबाको हत्या आरोपमा छोरी पक्राउ

  • आइतवार, बैशाख १६, २०८१
बुबाको हत्या आरोपमा छोरी पक्राउ

जुम्ला–  बुबाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्। जुम्ला जिल्लाकाे पातारासि गाउँपालिका-३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनको २६ वर्षीया छोरी हाँसु ऐडी पक्राउ परेकी हुन्। हाँसु सौतनी छोरी हुन्।

उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको टोलीले सनिवार दिउँसो पक्राउ गरेको हो। पातारासि गाउँपालिका-१ घर भइ माइतीघर आएकी उनले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो।

उक्त खबर प्राप्त भएसँग उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार