शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • हवाई जहाजमा लगेजसँगै यात्रुको वजन समेत जोख्न सुरु !

हवाई जहाजमा लगेजसँगै यात्रुको वजन समेत जोख्न सुरु !

  • आइतवार, माघ २८, २०८०
हवाई जहाजमा लगेजसँगै यात्रुको वजन समेत जोख्न सुरु !

सकेसम्म थोरैभन्दा थोरै सामान लिएर हवाई यात्रा गर्न चाहन्छौं । एयरलाइन्सहरुले यात्रुका झोलाहरुको तौल लिनु त सामान्य हो । तर यदि उनीहरुले यात्रुकै शरीरको वजन लिन थाले भने के होला ? मोटे मानिसहरुलाई त फसाद पर्ने भयो ।

हालै एक वायुसेवा कम्पनीले यात्रुका सामानसँगै यात्रुहरुको समेत वजन लिन सुरु गरेको छ फिनल्याण्डको वायुसेवा कम्पनी फिनएयरले अब आफ्ना हरेक उडानअघि यात्रुका सरसामान मात्र नभएर यात्रुहरुको सरीरको पनि तौल लिने घोषणा गरेको हो ।

फिनएयरकी प्रवक्ता केसा टिक्कानेनका अनुसार विमानमा चढ्नुअघि यात्रुहरुको वजन गरिनेछ । उनी भन्छिन्, ‘यो हप्ताको सोमबारबाट हेलसिंकी विमानस्थलमा यस्तो मापन सुरु भएको छ । अहिलेसम्म ५०० भन्दा धेरै यात्रुहरुको वजन नापिएको छ ।’

एयरलाइन्सका अनुसार विमानको कूल वजनको हिसाब गर्नका लागि इन्धन, यात्रुका सरसामान, कार्गो, खानपिनका सामान, पानीका ट्यांकीसँगै यात्रुहरुको वजनको पनि मापन आवश्यक हुन्छ । सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि यी सबै कुराको मापन जरुरी रहेको एयरलाइन्सको भनाइ छ ।

विज्ञहरुका अनुसार लामो यात्राका लागि विमान सुरक्षित छ कि छैन भन्ने कुरा सुनिश्चित गर्नका लागि त्यसलाई उचित रुपमा सन्तुलित बनाउनु पर्दछ । फिनएयरमा ग्राउण्ड प्रोसेसका प्रमुख रहेका सतु मन्नुक्काका अनुसार यात्रुहरुको वजन गरिसकेपछि त्यसको माप केवल उडानको कुल वजनको हिसाब गर्ने सम्बन्धित कर्मचारीलाई मात्र उपलब्ध गराइनेछ र अन्य मानिसहरुलाई देखाइनेछैन ।

उनले भनेका छन् – केवल मापन विन्दुमा काम गर्ने ग्राहक सेवा एजेन्टले मात्रै कुल वजन हेर्न सक्नेछन् । त्यसैले तपाईं आफ्नो गोपनीयतामा पूर्ण रुपमा निश्चिन्त रहन सक्नुहुन्छ ।

उनका अनुसार विमानलाई सुरक्षित रुपले सञ्चालन गर्नका लागि विभिन्न हिसाब गर्नुपर्छ । प्रत्येक यात्रुको अनुमानित औसत वजनको गणना गरेर विमानलाई सन्तुलित हुने हिसाबले पर्याप्त इन्धन पर्न सकिन्छ । स्मरण रहोस् यसअघि युनाइटेड एयरलाइन्सले यात्रुहरुको बढ्दो वजनका कारण आफ्नो उडानमा केही सिट खाली राखेर उडान भर्न सुरु गरेको थियो ।

त्यसबेला एयरलाइन्सले भनेको थियो- जब जब विमानभित्रका यात्रुहरुको वजन बढ्दै जानेछ तब विमानमा सुरक्षालाई ध्यानमा राख्दै मानिसहरुको बस्ने तरिकामा समायोजन गर्नु आवश्यक हुनेछ । यसको अर्थ केही सिट खाली छाड्नु हो ।

स्मरण रहोस् विमानले यात्रुहरुको वजन लिने गरेको यो पहिलो घटना भने होइन । गत वर्ष इजिजेट एयरलाइनसको एक उडानका क्रममा यात्रुहरुको अत्यधिक वजनले गर्दा विमान सुरक्षित रुपमा उडान भर्न असमर्थ हुने भन्दै विमानमा चढिसकेका यात्रुहरुलाई ओरालिएको थियो ।

विमानको वजन तथा प्रतिकुल मौसमको स्थितिका कारण उडानमा करिब २ घण्टा ढिलाइ भयो । त्यसपछि पाइलटले प्रतियात्रु ५ सय डलर क्षतिपूर्ति दिने भन्दै २० जना यात्रुलाई स्वेच्छाले बाहिर निस्किन भनेका थिए । त्यसबेला इजिजेटले भनेको थियो – लान्जारोटेदेखि लिभरपुलको उडानमा रहेका १९ जना यात्रुहरुले मौसमको स्थितिका कारण विमानको वजन सीमा अधिक भएकाले स्वेच्छाले अर्को उडानमा यात्रा गर्ने निर्णय लिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार