मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • नेतृत्व तहमा सत्ता मोह बढी हुदा सरकार जनता प्रति गैर जिम्मेवार : सांसद शर्मा

नेतृत्व तहमा सत्ता मोह बढी हुदा सरकार जनता प्रति गैर जिम्मेवार : सांसद शर्मा

  • शुक्रबार, बैशाख १४, २०८१
नेतृत्व तहमा सत्ता मोह बढी हुदा सरकार जनता प्रति गैर जिम्मेवार : सांसद शर्मा

बाजुरा– नेपाली काँग्रेसका नेता एंव प्रतिनिधी सभा सदस्य डाक्टर सुनिल शर्माले राजनैतिक दलका मुल नेता देशको समृद्धि भन्दा सत्ता मोह बढी हुदा मुलक संकटमा डुबेको आरोप लगाएका छन् ।
अहिलेको प्रतिनिधि सभा सजिव हो की निर्जीब हो भन्ने विषयमा बहस चलाउनु पर्ने भएको बताए । नेपाली काँग्रेश लगाएत यो भन्दा पहिलाको गठबन्धन सरकारका १७ महिना कहिले मुर्राका बारेमा कहिले भुर्राका बारेमा कहिले रविका बारेमा कहिले दाजुका बारेमा कहिले भाउजुका बारेमा कुरा गर्दा गर्दै सकाएको बताए । मुलक समृद्ध बनाउन जनताले पठाएका सांसदहरु यसैमा अल्झेर बस्दा मुलुक संकटमा गएको बताए ।
राजनैति केही मुठीभर मान्छेहरुले क्याप्चर गरेर बसेको र राजनैनितक ब्याप्चर गरेसंगै सत्ता पनि क्याप्चर गरेर बस्दा मुलुकको दुरदशा यस्तो भएको बताए ।
राजनैतिक दलका यस्तै क्रियाकलापले मुलकको आर्थिक, शिक्षा, स्वास्थय ब्यापार ब्यवसाय उद्योग कलकारखाना ठप्प हुने अवस्थामा पुगेको बताए । शहरका ५० प्रतिशत होटेल ब्यवसायहरु बन्द भएका छन् । यो स्थितिमा पुगाउने प्रमुख कारण राजनैतिक भए दोष रहेको डक्टर शर्माले आरोप लगाए ।
एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि बाजुरा पुगेका शर्माले प्रेस युनियन बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
यो भन्दा पहिलेको सरकारले विरोध गर्दा गदै १७ महिना विताए जस्तै बर्तमान सरकार पनि पुरानै शैलिमा रुमलिएको र सत्ता बचाउनु प्रमुख उदेश्य राखेर चलिरहेको बताए । सरकारले जनताका पक्षमा काम गर्नै नसक्ने शर्माको दाबी छ । मुलकमा स्थायीत्व सरकार आवश्यक भएको र त्यो स्थायीत्व सरकार नेपाली काँग्रेस र एमालेको सरकार बनाएर स्थायी विकास र सुशासनको पक्षमा काम गर्नु पर्ने बेला आएको बताएका छन् ।
सरकार परिवर्तका कारण विकास निर्माण र अर्थतन्त्रमा सुधार आउन नसकेको शर्माको दाबी छ । काठमाडौं मेडिकल कलेजका मालिक समेत रहेका शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार नै देशको अर्थतन्त्र र विकासको जग भएको बताएका छन् ।

संसदले बनाउनु पर्ने कानुन बनाउन सकेको छैन् । सदन चल्दैन् । सरकार सत्ता टिकाउनमा केन्द्रीत छ । जनताका सवाल र अर्थतन्त्र सुधारको विषय कसैको ध्यान र जिम्मेवारीमा नगरेको आरोप लगाएका छन् । विरोध र प्रतिसोधले देश नबन्ने शर्माको भनाई छ । डाक्टर शर्माले जनताका आधारभूत आवश्यकतालाई मध्येनजर गर्दै राज्यले शिक्षा, स्वास्थ्य, खानेपानीको निशुल्क ग्यारेन्टी सरकारले गरिनु पर्ने धारणा राखेका छन् । नागरिकलाई यो कुराको ग्यारेन्टि सरकारले गर्ने सके मुलक आफै बन्ने दाबि गरेका छन् ।
हिमाली र स्वामिकात्र्तिक खापर पालिकासँगको सहकार्य, काठमाडौं मेडिकल कलेजको संयोजनमा आयोजना गरिएको शिविरमा ६ हजार बढीले सेवा लिएको शर्माले पत्रकार सम्मेलनमा दाबी गरेका छन् । शिविर बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रका ४ स्थानीय तहलाई मत्तयनजर गरेर पिलुचौरमा बैशाख १५ गते हुने छ । उनले चुनाव जितेकालाई पाखा लगाएर समानुपातिकबाट आएकाहरुलाई मन्त्री बनाउने कुरा पनि जनमत विपरित र योग्यता माथिको अन्याय भएको बताएका छन् ।

शर्माले डाक्टर गोविन्द्र केसीलाई काँग्रेस भित्रै केही नेताहरुले बोकेर स्वास्थ्य क्षेत्र नै तहस नहस पारेको आरोप लगाएका छन् । स्वास्थ्य विषयको अध्ययनका लागि बार्षिक रुपमा अर्बै बजेट देश बाहिर पठाउनु पर्ने प्रमुख दोषी डाक्टर गोविन्द्र केसी र उनलाई संरक्षण गर्ने व्यक्तिहरु भएको जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियन बाजुराका उपाध्यक्ष जयबहादुर रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा काँग्रेसका नेता तथा प्रतिनिधी सभाका सदस्य डाक्टर सुनिलशर्मा प्रमुख अतिथी रहेका थिए । पत्रकार सम्मेलनमा खोटाङ जिल्लाका पुर्व पार्टी सभापति सुवास पोखरेल,नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेश महासचिव हरिश भट्ट, पुर्व केन्द्रीय सदस्य दयाराम पण्डित सहीत सहभागि थिए ।

चर्चामा

सम्बन्धित समाचार