शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • एउटा गुलाबको फूलको मूल्य २ अर्ब रुपैयाँ !

एउटा गुलाबको फूलको मूल्य २ अर्ब रुपैयाँ !

  • शुक्रबार, माघ २६, २०८०
एउटा गुलाबको फूलको मूल्य २ अर्ब रुपैयाँ !

भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको सप्ताह सुरु भैसकेको छ । पश्चिमा संस्कृतिबाट आएको यो दिवस अहिले आम युवायुवतीहरुको लागि ठूलै पर्वजस्तै बनिरहेको छ, जसमा उनीहरु प्रेम प्रकट गर्नका लागि गुलाबको सहारा लिन्छन् । कसैले गुलाबकै फूल दिएर प्रेम प्रस्ताव राख्दछन् त कसैले आफ्नो प्रियजनलाई खुसी पार्न गुलाबको फूल उपहार दिन्छन् ।

गुलाबको फूल बजारमा सजिलै पाइन्छ र खासै महँगो पनि हुँदैन । तर के तपाईंले एउटा यस्तो गुलाबको बारेमा सुन्नुभएको छ, जसको मूल्य २ अर्ब रुपैयाँ भन्दा धेरै पर्छ ? आम रुपमा गुलाबको फूल एकदुई दिनमा ओइलाउन्छ । तर यो २ अर्बको गुलाबको फूल भने तीन वर्षसम्म जस्ताको तस्तै रहन्छ ।

दुनियाँकै महँगो उक्त गुलाबको फूलको नाम जुलियट रोज हो । यो गुलाबको बारेमा पहिलोपटक सन् २००६ मा पत्ता लागेको थियो । गुलाबका नयाँ-नयाँ नश्लको विकास गर्ने चर्चित रोज ब्रिडर डेभिड अस्टिनले यो गुलाब सार्वजनिक गरेका थिए । उनले विभिन्न प्रकारका गुलाबहरुको संयोजन गरेर यो बहुमूल्य गुलाबको नश्ल विकास गरेका थिए।

पोलन नेशनको रिपोर्ट अनुसार उक्त गुलाबको नाम apricot-hued hybrid रहेको छ । यो गुलाबको बोट तयार पारेर फूल फुलाउनका लागि उनले १५ वर्षको समय र ५० लाख डलर खर्च गरेका थिए । अन्ततः त्यसरी फुलाएको गुलाबको फूल उनले सन् २००६ मा १ करोड पाउण्ड अर्थात् डेढ अर्ब रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री गरेका थिए । अहिले त्यसको मूल्य २ अर्ब रुपैयाँभन्दा धेरै हुन्छ । डेभिड अस्टिनको वेबसाइटमा उल्लेखित विवरण अनुसार जुलियट गुलाबको सुगन्ध चियाको हल्का सुगन्ध जस्तै हुन्छ ।

को हुन् डेभिड अस्टिन ?

सन् १९२६ मा बेलायतमा जन्मिएका डेभिड अस्टिन एक पुष्प नर्सरी विज्ञ हुन् । सन् १९५० को दशकदे खिउनले नयाँ नयाँ सुन्दर गुलाबका फूलहरु विकास गर्न थाले । सन् २०१८ मा मृत्यु हुनुअघि सम्म उनले २ सय भन्दा धेरै प्रकारका बेलायती गुलाबका नश्ल विकास गरिसकेका थिए ।

चर्चामा

सम्बन्धित समाचार