सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राजनीति
  • डा.शेखर कोइरालाको प्रस्ताव : राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलौं

डा.शेखर कोइरालाको प्रस्ताव : राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलौं

  • आइतवार, बैशाख १६, २०८१
डा.शेखर कोइरालाको प्रस्ताव : राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलौं

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राजनैतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

आइतबार मोरङको बुढीगंगा गाँउपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता डा.कोइरालाले निर्वाचन प्रणाली सुधार र आर्थिक विकास तथा सुशासनका एजेण्डामा कांग्रेस र एमाले एक भएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा राजनैतिक स्थिरता कायम हुन नसकेको दाबी गरे। उनले राजनैतिक स्थिरता नभएसम्म विकास समृद्धि, आर्थिक विकास र सुशासन कायम हुन नसक्ने धारणा राखे।

बुढीगंगा गाँउपालिका वडा नं. ५ मा निर्माण हुन लागेको प्रशासनिक भवनका लागि स्थानीय सौहार्द कार्कीले ८ कट्ठा २ धुर जग्गा निशुल्क उपलब्ध गराएका थिए। करिब ११ करोड ८६ लाख रुपैयाको लागतमा निर्माण हुने बुढीगंगा गाउँपालिकाको प्रशासनिक भवनका लागि गाँउपालिकाले चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार