सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाज
  • महिलाको हत्या गरी ९ वर्षदेखि फरार अभियुक्त पक्राउ

महिलाको हत्या गरी ९ वर्षदेखि फरार अभियुक्त पक्राउ

  • आइतवार, बैशाख १६, २०८१
महिलाको हत्या गरी ९ वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाण्डौ सेतिदेवीमा एक महिलाको हत्या गरि फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनले काठमाण्डौ सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालय भित्र म्याग्दी कुहु स्थायी वतन भएकी वर्ष २३ की सुनमाया किसान (सार्की)को हत्या गरेका थिए । सुनमायाले मोवाइलमा ठूलो स्वरले कुरा गरेको बिषयमा विवाद भएपछि झगडा हुँदा समर बहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिए ।

बैशाख १६ गते काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समर बहादुरलाइ आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार