शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य

अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य

  • बिहिबार, फाल्गुन १०, २०८०
अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य

खगोल विद्हरुले ब्रम्हाण्डमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको ब्ल्याक होल पत्ता लगाएका छन् । यो ब्ल्याक होल यति धेरै तीव्र गतिमा फैलिरहेको छ कि यसले प्रत्येक दिन एउटा सूर्यलाई निलिरहेको छ ।

यो ब्ल्याक होल यस अर्थमा निकै भोको छ । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्दछ । त्यसैले यो ब्रम्हाण्डको सबैभन्दा धेरै चम्किने वस्तु बनेको छ ।

यो ब्ल्याक होलका बारेमा हालै मात्र नेचर एस्ट्रोनोमी जर्नलमा शोधपत्र छापिएको छ । अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु) का वैज्ञानिकहरुले पहिलोपल्ट यसलाई देखेका थिए । ती वैज्ञानिकहरुले साइडिंग स्प्रिङ अब्जरभेटरीमा राखिएको टेलिस्कोपबाट सो चमकदार पिण्ड देखेका थिए ।

एएनयुका वैज्ञानिक क्रिस्चियन वोल्फका अनुसार ब्ल्याक होलबाट उर्जा ग्रहण गरी क्वासार नामक उक्त पिण्ड चम्किन्छ । वैज्ञानिकहरुले अन्तरिक्षमा सबैभन्दा धेरै चम्किलो वस्तुहरुको खोजी गरिरहेका थिए । त्यसका लागि उनीहरुले २.३ मिटरको टेलिस्कोपको सहयोग लिए । त्यसपछि ती वस्तुहरुमा ब्ल्याक होल कति छन् भन्ने हेरे । तत् पश्चात् उनीहरुले युरोपियन साउदर्न अब्जरभेटरीमा गए ।

त्यहाँ जानुको उद्देश्य आफ्नो खोजको पुष्टि गर्नु थियो । सो क्वासारबाट निस्किने प्रकाश पृथ्वीमा १२० करोड वर्षमा आइपुग्छ । तर क्रिस्चियनका अनुसार यी ब्ल्याक होल वास्तवमा तीव्र गतिमा फैलिरहेका छन् । यो हाल पृथ्वीबाट २ सय करोड प्रकाश वर्ष टाढा छ । यसको वजन हाम्रो सूर्यभन्दा १७० करोड गुणा धेरै छ ।

कहिलेकाही ब्ल्याक होल यतिधेरै ठूला हुन्छन् कि त्यसमा २ सय देखि ३ सय करोडसम्म सूर्य विलिन हुन सक्दछन् । ब्रम्हाण्डमा कैयन् ब्ल्याक होल छन् तर तिनको भोक कम छ । उनीहरुले कम पदार्थलाई मात्र निल्दछन् वा बाहिर निकाल्छन् । कम गर्मी तथा प्रकाश निकाल्दछन् । कम चमकदार हुन्छन् । तर पछिल्लोपटक फेला परेको ब्ल्याक होल भने विशालकाय, चमकदार, तातो तथा प्रकाशले भरिपूर्ण छ ।

क्रिस्चियन वोल्फ र उनको टिमले सन् २०२२ मा पनि यस्तै एउटा ब्ल्याक होलको खोजी गरेका थिए । तर पछिल्लो पटक फेला परेको ब्ल्याक होल उनीहरुले दुई वर्षअघि फेला पारेको भन्दा कैयन् गुणा ठूलो, भयानक तथा भोको छ ।

हाम्रो आकाशगंगा अर्थात् मिल्की वे मा धुलोको बादल छ । यसले ब्रम्हाण्डको प्रकाशलाई सोस्दछ । कम्तिमा पनि ब्रम्हाण्डको २० प्रतिशत प्रकाशलाई यसले सोसेको हुन्छ ।

यतिधेरै प्रकाश ब्रम्हाण्डमा नष्ट भएपछि पनि निकै धेरै चमकदार वस्तुहरू बँच्दछन् । यो विशालकाय ब्ल्याक होलभित्र चुम्बकीय आँधी चलिरहेको हुन्छ । उक्त आँधी ७ प्रकाश वर्ष चौडा हुन्छ । यसको तापक्रम करिब १० हजार डिग्री सेल्सियस हुन्छ । शोधकर्ता क्रिस्चियनका अनुसार अहिले हाम्रो ब्रम्हाण्ड किशोरावस्थामा छ । त्यसैले यसको संरचनामा निरन्तर विभिन्न परिवर्तनहरु भइनै रहनेछन् ।

चर्चामा

सम्बन्धित समाचार