शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सुत्केरी भत्ता लिन महिलाले १७ पटक गर्भधारणको नाटक गरेपछि…

सुत्केरी भत्ता लिन महिलाले १७ पटक गर्भधारणको नाटक गरेपछि…

  • शनिबार, फाल्गुन १२, २०८०
सुत्केरी भत्ता लिन महिलाले १७ पटक गर्भधारणको नाटक गरेपछि…

एजेन्सी– इटलीमा एक जना महिलामाथि कम्तिमा पनि १७ पटक गर्भधारणको झुठो नाटक गरेको आरोप लागेको छ । गएको २४ वर्षमा १ लाख १० हजार यूरो बराबरको सुत्केरी भत्ता लिन महिलाले गर्भधारणको नाटक गरेको खुलासा भएको हो । १७ मध्ये १२ ओटा गर्भधारणमा बच्चा जन्मिन सकेनन् भन्ने र ५ ओटामा बच्चा जन्मिएको झुठो प्रमाणपत्र पेश गरिएको थियो ।

पछिल्ला २४ वर्षमा बारबरा लाएल नाम गरेकी ५० वर्षीय महिला १७ पटक गर्भवती भइन् । यसका कारण उनले वर्षौसम्म सुत्केरी बिदा लिइन् भने सरकारले दिने सुत्केरी भत्ता बापत पनि ठूलो रकम लिइन् । ती महिलाले बुझाएको कागजपत्रका अनुसार १२ पटकसम्म गर्भ तुहियो, अन्य पाँच पटकमा भने उनले ५ ओटा सन्तानलाई जन्म दिइन् ।

तर न त ती बच्चाको कतै जन्मदर्ता भएको छ न त कसैले तिनीहरूलाई देखेकै छन् । कान्छो बच्चालाई बारबराले गएको वर्ष डिसेम्बरमा जन्म दिइएको बताइएको छ । तर पछिल्लो गर्भधारणयता उनी अधिकारीहरुको निगरानीमा थिइन् । उनी गर्भवती नै नभएको प्रमाण अधिकारीहरुले फेला पारेका छन् । बारबराले १ लाख १० हजार यूरो कुम्ल्याउन र कामबाट बिदा लिन गर्भवती भएको नाटक गरेको अधिकारीहरुको आरोप छ ।

आफ्नो झुटलाई सत्य साबित गर्न महिलाले रोमका क्लिनिकहरुबाट जन्मदर्ताको प्रमाणपत्र चोरेकी थिइन् भने नक्कली कागजपत्र बनाएकी थिइन् । डाक्टरको हस्ताक्षर पनि उनी आफैंले गरेकी थिइन् । उनी पेट भुक्क देखाउन पेटमा तकिया हालेर हिड्थिन् । उनी गर्भवती महिला जस्तै गरी हिँड्थिन् । बारबराले सन् २००० देखि नै यस्तो काम गर्न थालेकी थिइन् ।

१६ पटकसम्म त उनी त्यो नाटक गर्न सफल भइन् । तर गतवर्ष उनको झुठ पर्दाफास भयो । त्यसपछि श्रम प्रहरीले उनका सबै अघिल्ला गर्भधारणबारे छानबिन शुरु गरे । बारबरा गर्भवती नभएको भन्नेबारे सन् २०१२ देखि नै थाहा भएको सोधपुछको क्रममा बारबराका पार्टनरले भनेका छन् । सजाय घटाउन उनले बारबराविरुद्ध बयान दिने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार