सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाज
  • ९ वर्षपछि पक्राउ परे हत्या गरेर फरार भएका व्यक्ति

९ वर्षपछि पक्राउ परे हत्या गरेर फरार भएका व्यक्ति

  • आइतवार, बैशाख १६, २०८१
९ वर्षपछि पक्राउ परे हत्या गरेर फरार भएका व्यक्ति

हत्या गरेर फरार भएका व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन्। म्याग्दी कुहु गाविस वडा-५ का ४७ वर्षीय समरबहादुर सार्की पक्राउ परेको हो।

उनलाई आइतबार काठमाडौं चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको डिएसपी सुरक्षा केसीले जानकारी दिइन्।

उनले २०७१ कात्तिक १ गते फुपुकी छोरी २३ वर्षीया सुनमाया किसान (सार्की) हत्या गरेका थिए। हत्यापश्चात भारतमा गएर लुकेर बसेका उनी सेतीदेवी गाविस वडा-६ तौथलीमा रहेका बुबालाई भेट्न आउँदा पक्राउ परेको डिएसपी केसीले बताइन्।

चर्चामा

सम्बन्धित समाचार