शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दिदीको पुकार (कबिता)

दिदीको पुकार (कबिता)

  • बिहिबार, कार्तिक ११, २०७८
दिदीको पुकार (कबिता)

भाइ प्रदेश गाको बर्षौ भयो ,
आएन फर्केर
रमाइलो गर्दै तिहार आउदा,
रुन्छ मन धर्केर।।

आगनी डिलमा सयपत्री रोप्छु,
तिहारलाइ भनेर।
आउदैन भाइ सयपत्री सुकी,
जादछ झरेर।।

सतरंगी टीका मुछेर बस्छु,
हर बर्ष तिहारमा।
रंगाउन कैलेइ पाउदिन मैले,
त्यो भाइको निधारमा।।

उपहार पनि लिएर आउछु,
बजारमा गएर।
सधै मेरो तिहार जान्छ,
निरास भएर।।

भाइका चाहना भुल्छुकी भनी,
कपिमा केर्दछु।
तेल धारा लाउदै,अोखर फोर्दै,
डोबाटै हेर्दछु।।

के आउन पाउथ्यो भौतारिदै होला,
पराइको देशमा।
गरिबले चाडपर्व मनाउने कैले?
होला खै स्वदेशमा।।

गाउँ र घरमा भइरहदा,
तिहारको रमझम।
जस्तै लाग्छ यो मेरो घर त,
भयो कि समशान।।

गणतन्त्र त आयो देशमा,
रोजगार आएन।
सर्बसाधारणले सुखको अनुभुती,
गरन पाएन।।

गाउँ गाउले पायो जनप्रतिनिधि,
पाएन बिकास ।
प्रदेशीहरुका समस्या उनै ,
भएन निकास।।

जन्मैदेखी बिदेशी नासो,
भनेर हुर्कने।
नाबालक गएका भाइ बृद भए ,
कैले हो फर्कने?

रोजगार भन्दा बिदेश पठाउने,
भइरहन्छन् संझौता।
छैनन् नी युबा गाउँ र घरमा,
शून्य छन् बनपाखा।।

सिर्जनसिल बर्ग बिदेशी भुमि,
रंगाइ बसनी।
देशको बिकास गरन कम्मर,
कस्ले हो कसनी?

अफ्ट्यारो पर्दा गाउँ र घरमा,
ग्वार को संग मागने?
समय आयो प्रदेशी घरदेश,
फर्कन लागने।।

एउटा भाइ मात्र छैन बिदेशमा,
लाखौं छन् भाइहरु।
स्वदेशमा सबले फर्केर हेरौ,
शून्य छन् गाउहरु।।

सिङ्गो देश रोएको हुन्छ,
चाडपर्व आउदा।
हुनेखानेले चुङ्ग्याइ चुङ्ग्याइ,
चाडहरु मनाउदा।।

बिदेश बसी रहेन्छ बाबु हो,
समाधान घरको ।
आफ्नै देशमा नभाको बिदेश
हुदैन भरको।।

चाडबाड आउछन् रम र झम,
पाउदैनौ छुट्टीनी।
अबत फर्कौ कति हो अझै,
बिदेशमा घोटीनी।।

चर्चामा

सम्बन्धित समाचार