• होमपेज
  • बुढीगंगा
  • बाजुराकाे बुढिगंगामा जङ्लमा लागेको आगोबाट एक घरमा आगलागी

बाजुराकाे बुढिगंगामा जङ्लमा लागेको आगोबाट एक घरमा आगलागी

  • शुक्रबार, बैशाख २१, २०८१
बाजुराकाे बुढिगंगामा जङ्लमा लागेको आगोबाट एक घरमा आगलागी

बाजुरा– बाजुरामा जङ्लमा लागेको आगोबाट एक घरमा आगलागी भएको छ। बुढीगंगा नगरपालिका-४ कोटबाडाको सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ बस्ने ४५ वर्षीय मोहन नेपालीको घरमा आगलागी भएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका नगद, खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको र प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार