• होमपेज
  • समाचार
  • संसद‍्मा कांग्रेसको नाराबाजी, रवि लामिछानेमाथि संसदीय समिति गठन गर्नुपर्ने माग यथावत्

संसद‍्मा कांग्रेसको नाराबाजी, रवि लामिछानेमाथि संसदीय समिति गठन गर्नुपर्ने माग यथावत्

  • शुक्रबार, जेष्ठ ११, २०८१
संसद‍्मा कांग्रेसको नाराबाजी, रवि लामिछानेमाथि संसदीय समिति गठन गर्नुपर्ने माग यथावत्

काठमाडौं —सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ।

बैठक सुरू हुने वित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन्। उनीहरूले सहकारी पीडितलाई न्याय दे,सहकारी ठगलाई कारवाही गर,संसदीय छानबिन गठन गर लगायत नारा लगाइरहेका छन्। सभामुख घिमिरेले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेकाले कांग्रेसका सांसदहरूलाई आ-आफ्नो स्थानमा बस्न आग्रह गरेका छन्। उनीहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो।

उप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको नाम किटान गर्ने विषयमा दलहरूबीच सहमति नहुँदा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै आएको छ। शुक्रबार बिहान बसेको कार्यदल बैठकले पनि निष्कर्षविहीन बनेको छ।

संसदीय छानबिन समित नबनाउँदासम्म संसदको कामकारवाही अघि बढ्न नदिने कांग्रेसको रणनीति छ। कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन सरकारलाई दबाब दिन सडक आन्दोलन गर्ने तयारीमा छ।

चर्चामा

सम्बन्धित समाचार