शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • म गर्मीमा पनि खोल ओड्न छोड्दैन

म गर्मीमा पनि खोल ओड्न छोड्दैन

  • मङ्लबार, बैशाख २५, २०८१
म गर्मीमा पनि खोल ओड्न छोड्दैन

 

झोल कै आसमा
लामो समयसम्म
झोले बने र खुब झोल खाए
केही समय पछि
वाड नम्बर दुइमा
अध्यक्ष घुटुक्क बहादुर
भनेर चिनिने अबसर पाए!


म गर्मिमा पनि पाटीको खोल ओडिराख्छु
चिसोमा पनि पाटीको खोल ओडिराख्छु
म हिड्दा पनि खोल ओडेर नै हिड्छु
बस्दा पनि खोल ओडेर नै बस्छु
सुत्दा त झन खोल ओड्न कहिले छोड्दैन
त्यसैले मलाइ चिसो कहिले लाग्दैन
अध्यक्ष घुटुक्क बहादुर !


सुख सुबिधा र ऐस आराम पायौ
उचाइ अलिकती घटेपनी
ज्यान चाहिँ गजव नै बनायौ
भुँडी चाहिँ हो है
अध्यक्ष घुटुक्क बहादुर !


आज देखि म
तिम्रो बेइज्जत गर्न पाउदिन
तिम्रो भएको जति सबै
इज्जत सकियो
दुई नम्बर ओडा अध्यक्ष
घुटुक्क बाहादुर,,

 

चर्चामा

सम्बन्धित समाचार