शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुने

बाजुरामा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुने

  • बुधबार, जेष्ठ ९, २०८१
बाजुरामा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुने

बाजुरा —बाजुरामा भोलि (बिहिवार) दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । बुधवार नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना निकाल्दै बिहिवार जिल्लाभर विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र अन्तर्गत साफँ मार्तडी ३३ के.भी लाइन मर्मत गर्न बिहिवार बिहान ८ बजेदेखि साझ ५ बजेसम्म लाइन सट्डाउन गरी काम गर्नुपर्ने हुँदा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । यद्यपी तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा सुचारु हुने समेत सूचना मार्फत ग्राहक वर्गमा जानकारी गराएको छ ।

बाजुरामा पछिल्लाे समय माैसम प्रतिकुल हुने बित्तिकै  पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार