शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नेता तिमीहरूले पनि सुन

नेता तिमीहरूले पनि सुन

  • आइतवार, बैशाख ९, २०८१
नेता तिमीहरूले पनि सुन

उमिद गर्नु आस गर्नु तर विस्वास नगर्नु,
यि नेता हुँन ताली पिटे पनि पास नगर्नु।

झुट बोल्ने कला सिकेका हुन्छन् यिनले,
साँचो कुराको त कत्तिपनि आस नगर्नु।

दिन गए पराण जाला बचन नजालाका,
अब उनैका लागि समयको नाश नगर्नु।

नेता हुँन् बिचरा झोले हुँन भनेर जनता,
यिनिहरूकै मान सम्मानमा खास नगर्नु।

नेता तिमीहरूले पनि सुन आइन्दा फेरी,
जनताको माझ कहिल्यै वक्बास नगर्नु।

चर्चामा

सम्बन्धित समाचार