• होमपेज
  • बडिमालिका
  • बाजुरा महोत्सवमा म्याद गुर्जेका दालमोट र खाने कुरा खुलेआम बिक्री, सरोकारवाला निकाय मुखदर्सक

बाजुरा महोत्सवमा म्याद गुर्जेका दालमोट र खाने कुरा खुलेआम बिक्री, सरोकारवाला निकाय मुखदर्सक

  • बिहिबार, जेष्ठ १०, २०८१
बाजुरा महोत्सवमा म्याद गुर्जेका दालमोट र खाने कुरा खुलेआम बिक्री, सरोकारवाला निकाय मुखदर्सक

बाजुरा– बाजुरा सदरमुकाम मार्तडीमा आयोजिम बाजुरा महोत्सव बार्जु उत्सवमा स्टलमा म्याद गुर्जेका खानेकुराहरु भेटिएका छन । बैसाख २८ गते देखी सुरु भएको सो महोत्सवमा राखिएको सबै खानेकुराहरुमा म्याद सकिएको पाईएको छ ।

No description available.
दैनिक बिक्रीमा राखीएका दालमोट मिठाई लगायतका खानेकुराहरु म्याद सकिएको पाईएको एक खाध्य अधिकार कर्मीले स्टल अनुगमनका क्रममा भेटाएका छन । स्टलमा राखेका कुनै पनि खानेकुराहरुमा गुणस्तर चेक गर्ने हो भने सबै गुणस्तरहिन हुनसक्ने उनले बताए । महोत्सवको स्टलमा बिक्रीमा राखीएका सबै खाध्य बस्तुहरुकोे सम्बन्धीत निकायबाट अनुगमन गरिनुपर्ने खाध्य अधिकारकर्मीले बताएका छन ।

No description available.

जिल्ला बाहिरबाट आएका ब्यापारीहरुले महोत्सव स्टलमा गुणस्तरहिन सामान बिक्री गरेर आम नागरिकको स्वास्थ्यमा खेलवाड गरेको अधिकारकर्मीहरुको भनाई रहेको छ । स्टलमा राखेका बस्तुकाे तत्काल अनुगमन गरि कानुनी दायरामा ल्याउनुपर्ने खाध्य अधिकारकर्मीकाे भनाइ रहेकाे छ ।

 

 

चर्चामा

सम्बन्धित समाचार