• होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुराले जेठ मसान्तसम्म सबै पालिका अधिबेशन गरिसक्ने

नेकपा एमाले बाजुराले जेठ मसान्तसम्म सबै पालिका अधिबेशन गरिसक्ने

  • बिहिबार, जेष्ठ १०, २०८१
नेकपा एमाले बाजुराले जेठ मसान्तसम्म सबै पालिका अधिबेशन गरिसक्ने

 बाजुरा– नेकपा एमाले जिल्ला कमिटि बाजुराको पहिलो बैठकले बाजुराका सबै पालिका स्तरिय अधिबेशन जेठ मसान्त सम्म सम्पन्न गर्ने निणर्य गरेको छ । बिहिबार नेकपा एमाले बाजुरा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै निणर्य सार्बजनिक गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटि बाजुराको हालै सम्पन्न आठौँ अधिबेशन पश्चात नयाँ कमिटिको पहिलो बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत एमाले सचिव काँशी विकले सार्बजनिक गरेका थिए । पत्रकार सम्मेलनमा नेकपा एमाले बाजुराले आठौँ जिल्ला अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने सम्पुणर्लाई धन्यवाद समेत ब्यक्त गरेको काँशी विकले बताए ।
प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनका प्रमुख अतिथि नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्य गगन रावल रहेका थिए ।

त्यसै गरि बिषिष्ठ अतिथि नेकपा एमाले जिल्ला कमिटि बाजुराका नवनिर्वाति अध्यक्ष लाल बहादुर ओली, पार्टी सचिव काँशी विक रहेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्यहरु लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार