• होमपेज
  • बडिमालिका
  • सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

  • मङ्लबार, बैशाख २५, २०८१
सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै  बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन ।
गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड ३७ लाख भन्दा बढि लागतमा बनेको भवनकाे  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शान्ति सुरक्षा प्रवद्र्धन र नागरिकको सेवाका लागि शसस्त्र प्रहरीले काम गरिरहेको बताएका थिए ।

बाजुरा जिल्लाको बडीमालीका नगरपालिका-९ जनौति भन्ने स्थानमा सशस्त्र प्रहरी बल नेपालको आफ्नै भौतिक संरचना निमार्ण गर्ने निति अनुरुप १२ रोपनी ६ आना क्षेत्रफलमा भौतिक संरचना निमार्णको कार्य सम्पन्न गरी भवनहरुकाे उद्धघाटन गरिएकाे सशस्त्र प्रहरी बल बाजुरा गुल्मका प्रहरी नायव उपरिक्षक संकर दत्त तिवारीले बताए ।

भवन उद्धघाटन  कार्यक्रममा ससस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवर, बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, दुर्गा भन्जन गुल्मका गुल्मपती धर्बेन्द्र बहादुर सिहं आश्रीत गुल्म बाजुराका प्रमुख संकर दत्त तिवारी  , नेपाल प्रहरी बाजुराका प्रमुख, पत्रकार लगायत  सर्वसाधारणको समेत उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार