• होमपेज
  • प्रदेश ७
  • बाजुरा महोत्सवबाट म्याद गुर्जेका खाद्यवस्तु बरामद गरि नष्ट

बाजुरा महोत्सवबाट म्याद गुर्जेका खाद्यवस्तु बरामद गरि नष्ट

  • शुक्रबार, जेष्ठ ११, २०८१
बाजुरा महोत्सवबाट म्याद गुर्जेका खाद्यवस्तु बरामद गरि नष्ट

टेकबहादुर बुढा —बाजुराको सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको बहसमा बार्जु, बाजुरा महोत्सवमा राखिएका स्टलमा म्याद गुर्जेका खाद्यवस्तुहरु बिक्री भइरहेको भन्ने खवर पश्चात अनुगमन गरिएकाे छ  । बैशाख २८ गतेदेखी सुरु भएको बाजुरा महोत्सवमा राखिएका स्टलमा म्याद सकिएका खानेकुराहरु बिक्री भइरहेको देखिएपछी अनुगमन गरि अखाध्य बस्तु बरामत गरी नष्ट गरिएकाे हाे  ।

महोत्सवमा म्याद सकिएका खाद्यवस्तु बिक्री भइरहेको भन्ने जानकारी पाएपछि बिहिवार जिल्लाका सरोकारवालाहरुले संयुक्त अनुगमन गरेर म्याद गुर्जेका खानेकुरा बरामद गरि नष्ट गरिएको बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापाले बताएकी छन । म्याद गुर्जेका करिब सात हजारबढिका दालमोट, मिठाइ लगायतका खानेकुराहरु बरामद गरि नष्ट गरिएको बडिमालिका नगर उप्रमुख नन्दा थापाले बताएकी छन् ।

बडिमालिका नगर उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक नन्दा थापाको नेतृत्वमा नगरपालिकाका जनप्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, वडा न २ का वडा अध्यक्ष डम्मर महत र वडा न ८ का वडाअध्यक्ष चन्द्र बहादुर थापा, पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंह, जिल्ला खाध्य अधिकार संजाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,  जिल्ला प्रहरी कार्यालय बाजुरा, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय बाजुराका प्रतिनिधिहरुले अनुगमनमा भेटिएका म्याद गुर्जेका खाद्यवस्तु बरामद गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताए ।

बुधवार दैनिक बिक्रीमा राखिएका दालमोट, मिठाई लगायतका खानेकुराहरु म्याद सकिएको पाईएको खाद्य अधिकारकर्मीले स्टल अनुगमनका क्रममा भेटिएका थिए । जिल्ला बाहिरबाट आएका व्यापारीहरुले महोत्सव स्टल मात्रै नभई जिल्लाका विभिन्न बजारहरुमा गुणस्तरहिन सामान बिक्री गरेर आम नागरिकको स्वास्थ्यमा खेलवाड गरिरहेकाले नियमित अनुगमन गरिनुपर्ने खाद्य अधिकार संजाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार