• होमपेज
  • प्रदेश ७
  • बाजुराका पत्रकार निमेन्द्र शाही सम्मानित

बाजुराका पत्रकार निमेन्द्र शाही सम्मानित

  • शुक्रबार, जेष्ठ ११, २०८१
बाजुराका पत्रकार निमेन्द्र शाही सम्मानित

बाजुरा —बाजुराका पत्रकार निमेन्द्र शाही सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको तेस्रो अधिवेशन तथा चौथो साधारण सभामा शाहीलाई ‘दुर्गम क्षेत्र पत्रकारीता सम्मान’ बाट सम्मानित भएका हुन् ।

दुई दशकदेखी बाजुरामा क्रियाशिल पत्रकारिता गर्दै आएका शाही राजधानी दैनिक,रासस, सगरमाथा टेलीभिजन,न्यूज २४ टेलिभिजन, शिलापत्र र उज्यालो नेटवर्क लगाएतका संचार माध्याममा काम गरिसकेका छन् । शाहीले यस अघी पनि शिक्षा पत्रकारिता पुरस्कार, बाल संबेदनशिलता पुरस्कार, सरसफाई पत्रकारिता पुस्कार प्राप्त गरिसकेका छन् ।

पत्रकार शाहीसंगै जेष्ठ पत्रकारिता सम्मान शिद्धराज भट्ट, पत्रकारिता सम्मान कर्ण शाह, अर्जुन शाह र राजेन्द्र नाथ, सञ्चार गृह पत्रकारिता सम्मान दीर्घराज उपाध्याय, महिला पत्रकारिता सम्मान हेमन्ती चौधरीलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार