शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी कोल्टी बस संचालनका लागि अनुमति दिइयाे

मार्तडी कोल्टी बस संचालनका लागि अनुमति दिइयाे

  • बिहिबार, बैशाख २०, २०८१
मार्तडी कोल्टी  बस संचालनका लागि अनुमति दिइयाे

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी  देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे ।   बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय भएको  प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलले बताएका छन । काेल्टी क्षेत्रका नागरीकको आवात जावतमा हुने कठिनाईलाई मध्यनजर गर्दै कोल्टी मार्तडी सडक खण्डमा बस  सेवा सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाैडेलले बताए ।

गत चैत्र २२ को जगन्नाथ, सुदुरपश्चिम र भेरी यातायात सेवा प्रालीको स्थलगत निरीक्षण पश्चात दिवा तथा रात्री बस सेवा सञ्चालनका लागि माग भए अनुसार उक्त उक्त निर्णय भएको प्रमुख जिल्ला अधिकारी  पौडेलले बताएका छन् । बैठकले मार्तडी कोल्टी सडक खण्डमा यातायात प्रा.ली संग रात्री बसको हकमा ८ वर्ष ननाघेका तथा दिवा बसको हकमा १० वर्ष ननाघेका कम्तिमा ५ वटा बस हुनुपर्ने  निर्णय गरेको छ ।

 बुढीनन्दा, बडीमालिका र बुढिगंगा नगरपालिकाले आकस्मिक रुपमा आइपर्ने सामान्य खालका मर्मत सम्भार गरी सडक सुचारु गर्ने, बाटो सही कायम गरी सडक सञ्चालनमा ल्याउन सडकको वरपरका हटाउनु पर्ने संरचना तत्काल हटाउने र नेपाल सरकारको नीति नियम अनुसार आवश्यक सहयोगको पहल गर्ने निर्णय भएको छ ।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण मार्तडी–कोल्टी सडक खण्डकाका कारण बस चल्ने संकेत भने देखीदैन । सडक निर्माण नभइसकेकाले साे सडकमा तत्काल बस सेवा संचालनमा समस्या हुने यातायात ब्यबासायीले बताउने गरेका छन् ।   विशेषगरी मार्तडी–कोल्टी ४२  किलोमिटर सडक खण्डमा चल्ने जीप चलाउन त समस्या छ बसलाइ त झन समस्या हुने यातायात ब्यबासायीले बताउने गरेका छन।  मार्तडी कोल्टी यात्रा गर्दा बस सेवा सुचारु भए, यात्रु पाँच सय रुपैंयामा कोल्टी पुग्ने देखिन्छ । अहिले जीपमा यात्रा गर्दा प्रति ब्यक्तीले एक हजार देखि १२⁄१५ सय रुपैंया तिर्नु परेको छ । सडककाे स्तरनाेत्ती गरेर  बस संचालन हुने हाे भने प्रति ब्यक्ती पाँच सय रुपैंया तिरेर कोल्टी पुगिने देखीएकाे छ। सडककै कारण यात्रुहरु महंँगो भाडा तिरेर आवागमन गर्न बाध्य छन्।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार