शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिब बर्गिय आन्दोलनका परान

गरिब बर्गिय आन्दोलनका परान

  • सोमवार, बैशाख १०, २०८१
गरिब बर्गिय आन्दोलनका परान

गरिब बर्गिय आन्दोलनका परान हुन्छन्,
पैसाको लोभमा उनैपनि वेइमान हुन्छन्।

पुँजिवादले गरिबलाई लडाएर राज गय्रो,
आपसमा लडेका एउटै खानदान हुन्छन्।

गरिबको एकता हुँन गार छ आज भोली,
भन कसरी हाम्रो समस्य समाधान हुन्छन्।

नेताहरूले माछो-माछो भ्यागुतो गराइरहे,
विकासको बद्लामा मात्र उखान हुन्छन्।

आमा आखिरी स्वाँस लिंदैछन् बोटो कुर्दै,
छोरा छोरी अमेरिका केही जापान हुन्छन्।

सरकारले नागरिकको दर्द महेसुस नगर्दा,
सरकारको बिरूद्ध आँधी र तुफान हुन्छन्।

चर्चामा

सम्बन्धित समाचार