• होमपेज
  • समाज
  • बाजुरामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेकाे आरोपमा एक जना पक्राउ

बाजुरामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेकाे आरोपमा एक जना पक्राउ

  • शुक्रबार, जेष्ठ ११, २०८१
बाजुरामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेकाे आरोपमा एक जना पक्राउ

बाजुरा —बाजुरामा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिवार राति किशोरीलाई जवरजस्ती करणीको आरोपमा जगन्नाथ गाउँपालिका वडा नंः ३ का २८ वर्षीय मदन ढोली पक्राउ परेका हुन् ।

१७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा युवकलाई बिहिवार राति पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको प्रहरीले जनाएको छ ।

आरोपित युवकले पीडित किशोरीलाई गएराति घरमा गएर जबरजस्ती करणी गरेको भन्ने खबरपछि युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् । पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिसकेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार