• होमपेज
  • बुढिनन्दा
  • कोल्टीमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर संचालन

कोल्टीमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर संचालन

  • शुक्रबार, जेष्ठ ११, २०८१
कोल्टीमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर संचालन

बाजुरा– बुढीनन्दा नगरपालिकाको कोल्टी आधारभुत अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बुढीनन्दा नगरपालिका, एक एक पाइला नेपाल र गेटा आँखा अस्पताल धनगढीको संयुक्त आयोजनामा ३ दिने निशुल्क शिविर बिहिबारबाट सञ्चालन गरिएकाे हो । शिविरमा आँखा, नाक, कान, घाँटी र दन्त रोग सम्बन्धी निशुल्क सल्यक्रिया र विशेषज्ञ सेवा सहितको उपचार प्रदान भएको नगर प्रमुख जनककुमार बाेहराले बताए । छोटो समयको शिविरले पनि विपन्न समुदायका नागरिकलाई उपचारमा ठुलो राहात भएको नगरप्रमुख जनक कुमार वोहराले बताए । आर्थिक अभावले उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जान नसकि रोग पालेर घरमै वसेका नागरिकलाई सहज बनाउन शिविर सञ्चालन गर्ने गरिएको बताएका छन । कोल्टीमा आँखा शिविर सञ्चालन भए पछि सामान्य आँखा परिक्षणका लागि गेटा पुग्नु पर्ने वाध्यता हटेको र खर्च पनि जोगिएको नगर प्रमुख बाेहराकाे भनाइ रहेकाे छ ।

पहिलो दिन बिहिबार विभिन्न रोगका ७ सय ९८ जनाले स्वास्थ्य परिक्षण संगै उपचार सेवा पाएका बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताएका छन।  अन्य रोगका विरामी भन्दा वढि आँखा रोगका विरामीले सेवा पाएका शाहीले बताए । एकएक पाईला नेपालका ब्यवस्थापन डाक्टर अशोक पाण्डेका अनुसार आँखा रोग सम्वन्धि नाम दर्ता भएका ६ सय २९ मध्य ४ सय ७२ जनाको सामान्य चेकजाँच भएको र ९८ जना मोतिया विन्दुका विरामीको सफल सल्यक्रिया भएको छ । जस मध्य एक जना जटिल खालका विरामीको शिविरमा उपचार नहुने देखिए पछि गेटा आँखा अस्पताल कैलालीमा रिफर गरिएको बताएका छन।

दन्त रोग सम्वन्धि नाम दर्ता भएका १ सय २४ जना मध्य ५० जनाको दाँत निकालिएको र अन्य ७४ जना विरामीलाई सामान्य उपचार सहित औषधि वितरण गरिएको जनाएकाे छ । त्यस्तै नाक, कान र घाँटि रोग सम्वन्धिका २ सय २ जना विरामी मध्य कान रोगका ७ जना विरामीको सफल सल्यक्रिया भएको नगरपालिकाले जनाएकाे छ। अन्य विरामीको चेकजाँच पछि औषधि प्रदान गरिएको छ । शिविरमा निशुल्करुपमा उपचार हुने सुने पछि विभिन्न ठाउँबाट विरामी कोल्टी पुगेका छन । कुण्डा क्षेत्रका चार वटा पालिका सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानिय उपचारका लागि शिविरमा पुगेका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्ताेष कुमार शाहले बताए ।

उनले सवै स्थानिय तहको पाएप पर्ने ठाउँ भनेकै कोल्टी अस्पताल भएकाले सजिलो र सुविधाका लागि अन्य ठाउँका स्थानिय पनि उपचारका लागि कोल्टी पुगेका बताए। उपचारका लागि विरामी मध्य अधिकासं वालवालिका र जेष्ठ नागरिक रहेका शाहले बताए । शिविर निशुल्क हुदा उपचारका लागि पुगेका सेवाग्राही विच भीडभाड वढेको छ ।  उपचार गर्न नसकि आखाँ रोग सम्वन्धीका विभिन्न समस्या खेपिरहेका विपन्न समुदाय लगायत अन्य नागरिकले आफ्नै ठाउँमा निःशुल्क उपचार पाए पछि खुसी ब्यक्त गरेका छन । गत वर्ष पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बुढीनन्दा नगरपालिकाले यस वर्ष पनि विभिन्न रोगको निशुल्क शिविर सञ्चालन गरे पनि विपन्न समुदायलाई सहज भएको छ ।

चर्चामा

सम्बन्धित समाचार