यो सरकार कलाकारहरूको हो: प्रधानमन्त्री ओली
काठमाडौं, फागुन १३ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार कलाकारहरूको भएको बताएका छन् । सोमबार राजधानीमा आयोजित ‘नेपाल नाट्य महोत्सव २०७५’ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार कलाकारहरूको सरकार हो । हामी तपाईंहरूकै साथमा छौं।’ प्रधानमन्त्री ओलीले आफू कलाप्रेमी भएको बताए। उद्घाटन मन्तव्यका क्रममा उनले अंग्रेजीमै भने, ‘प्राइममिनिस्टर इज आर्ट लभर।’ […]