शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • चिकित्सक संघद्वारा आकस्मीक बाहेकका सेवा ठप्प

चिकित्सक संघद्वारा आकस्मीक बाहेकका सेवा ठप्प

  • शुक्रबार, फाल्गुन १०, २०७५
चिकित्सक संघद्वारा आकस्मीक बाहेकका सेवा ठप्प

कर्मचारी समायोजन विधेयकमा आफुहरुलाई विभेद गरेको भन्दै चिकित्सक संघद्वारा आकस्मीक बाहेकका सेवाहरु ठप्प पारेका छन् ।  सरकारी चिकित्सक संघ गाेदानले आज देश भर आकस्मीक बाहेक सम्पूर्ण सेवा बन्द गर्दै आन्दोलनमा उत्रेको हो ।

कर्मचारी समायोजन प्रक्रियामा चिकित्सकहरुलाई पनि अन्य कर्मचारी सरह व्यवस्था गरेको भन्दै एक सातादेखी आन्दोनरत रहेको संघले आज देशभर आकस्मीक सेवा बन्द गरेको जनाएको छ ।  चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकारले समायोजन विधेयक पूर्व नै चिकित्सकहरु संग स्वास्थ्य मन्त्रालयले संघीय सरकार अन्तरगत राखिने लिखित सहमती जनाएको भए पनि त्यसको बेवास्ता गरेको जनाएका छन् ।

गत पुस ३० गते भएको सरकार र चिकित्सहरुबीचको सहमती कार्यान्वयन नगरेको भन्दै डा. पाण्डेले गत माघ २८ गतेबाट साताव्यापी दबाब मुलक अभियान चलाएकाे बताउँदै ,सरकार आफ्ना माग प्रति लचक नभएकाले आकस्मीक बाहेकका सेवा ठप्प पार्नु परेको जनाए ।

सरकारले आफ्ना मागहरु सुनोस भनेर माइतीघर मण्डलामा रक्तदान गरेको बताउँदै डा. पाण्डेले भने,  विरामीहरुलाई पर्न गएको असरका बारेमा सरकारले नै जिम्मेवारी लिनु पर्ने जनाए । मुलुक भर करिब १४ सयको हाराहारीमा सरकारी चिकित्सहरु  कार्यरत रहेकाे जनाउँदै चिकित्सक  संघ माग सम्बोधन नभए सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार