शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • मन्त्रीहरु हेरफेरको तयारी, क–कसको पद खतरामा ?

मन्त्रीहरु हेरफेरको तयारी, क–कसको पद खतरामा ?

  • बिहिबार, फाल्गुन ९, २०७५
मन्त्रीहरु हेरफेरको तयारी, क–कसको पद खतरामा ?

सरकारको एक वर्षको अवधि पुगेको छ । यो समयमा अपेक्षा अनुसार काम हुन सकेको छैन । सरकारका अधिकारीहरुले नै यो कुरा स्वीकार गरिसकेका छन् ।
सरकार बलियो हुन नसक्नुमा केही मन्त्रीहरुलाई समेत जिम्मेवार ठानिएको छ । जसकारण केही हप्तामै केही मन्त्रीहरु हेरफेर हुने भएका छन् ।

स्रोतका अनुसार लगानी सम्मेलन अगाडि नै मन्त्रीमण्डल हेरफेर हुने सम्भावना छ । सम्मेलनलाई सकरात्मक सन्देष दिन पनि मन्त्रीमण्डल हेरफेर हुन लागेको हो ।
स्रोतका अनुसार पर्यटनमन्त्री रबिन्द्र अधिकारी, श्रम मन्त्री गोकर्ण बिष्ट, यातायात मन्त्री रघुबीर महासेठ, अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि मन्त्री चक्रपाणि खनाल र खेलकुदमन्त्री जगतबहादुर सुनुवार फेरिने सम्भावना छ ।
अर्थमन्त्री डा. खतिवडाको पक्षमा एक समूह नहटाउन सक्रिय भएको छ । राष्ट्र बैंकमा कार्यरत आफ्ना ज्वाई रामशरण खरेललाई ल्याएर मन्त्रालय चलाएको आरोप लगाएको छ । अर्थ मन्त्रालयमा उनले खासै सुधार ल्याउन सकेका छैनन् । बरु अर्थतन्त्र खस्कदै गएको छ । नेकपाभित्रबाट सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन दबाब बढेको छ ।
अघिल्लो पटक लोकप्रिय बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित यसपटक विवादमा मात्र परिरहेका छन् । कुनै राम्रो काम गर्न सकेका छैनन् । त्यसकारण उनको पनि पद धरापमा छ ।
महिला मन्त्री थममाया थापाको मन्त्रालयको प्रगति निराशाजनक छ । उनी पनि हेरफेर हुने सम्भावना रहेको स्रोत बताउँछ । उनलाई हटाएर युवा महिला नेतृलाई सो मन्त्रालय लैजाने सम्भावना छ ।
साथै सरकारको रक्षाकवच बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई अझ महत्वपूर्ण मन्त्रालय दिने सम्भावना समेत रहेको स्रोत बताउँछ । रबिन्द्र अधिकारी हटेमा उनी पर्यटन मन्त्रालयमा जाने सम्भावना छ । श्रम मन्त्री बिष्टले केही राम्रो काम गरेपनि पछिल्लो समय एक माफिया समूहसँग मिलेपछि विवादमा छन् । जसकारण उनको मन्त्रालय हेरफेर हुने सम्भावना छ ।
मन्त्री हेरफेरमा नेकपाका युवा नेता महेश बस्नेत मन्त्रिमण्डलमा अट्ने सम्भावना प्रबल रहेको स्रोत बताउँछ ।
मन्त्री फेर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग प्रस्ताव राखिसकेका छन् । सम्भवतः फागून महिनाभित्रै मन्त्रीमण्डल हेरफेर गर्ने तयारी रहेको स्रोत बताउँछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल पनि मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार