शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • भेरीमा बस खस्दा चारको मृत्यु, ९ घाइते

भेरीमा बस खस्दा चारको मृत्यु, ९ घाइते

  • बिहिबार, फाल्गुन २, २०७५
भेरीमा बस खस्दा चारको मृत्यु, ९ घाइते

२ फागुन, जाजरकोट ।

नेपालगञ्जबाट रुकुमको राडीबजार गइरहेको भे १ ख १३२९ नम्बरको यात्रुबाहक बस जाजरकोटमा दुर्घटना भएको छ। जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ रीम्ना कुईनेउटास्थित भेरी नदीमा खस्न पुग्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुल्न सकेको छैन। घाइतेहरूको उद्दार गरी जाजरकोट अस्पताल ल्याइदै छ। दुर्घटनामा केही यात्रु हराइरहेका र खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।

भेरी १ रावतगाँउबाट एक महिला र ८ पुरुष तथा तीन जना स्टाफ गरी ११ जनाको चलानी लिएर गएको बसले बाटोमा अरु यात्रु थपेको अनुमान छ।

बसमा कम्तिमा १८ यात्रु रहेको अनुमान छ। घाइतेहरूका अनुसार बसको ब्रेक फेल भएर चिप्लिएर भेरीमा खसेको थियो। उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगिसकेका छन्।

घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दुरीमा पर्छ।

साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार