शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ

नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ

  • मङ्लबार, फाल्गुन १४, २०७५
नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ

१४ फागुन, काठमाडौं ।

नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको विष्फोटमा परेर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते छन् ।

घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्वअंगरक्षक समेत हुन् । हाल उनले आफूलाई भ्याल्ली कमाण्डर भएको बताउने गरेका छन् ।

अनुसन्धान अधिकारीका अनुसार उनी नख्खु विष्फोटका वेला घटनास्थलमै उपस्थित थिए । लोत्सेचोकमा भएको विष्फोट पनि उनकै योजनामा भएको प्रहरीको दाबी छ ।

घटनामा समूहका २० जनाभन्दा बढी संलग्न भएको सुरक्षा अधिकारीहरुले तथ्य निकालेका छन् । उनीहरुको खोजीलाई व्यापक बनाइएको स्रोतको भनाइ छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले यसअघि एनसेल प्रा.लि.का दुई जना सुरक्षागार्डलाई पनि पक्राउ गरिएको थियो । यद्यपि, उनीहरुलाई हाल तारेखमा छाडिएको छ ।

प्रहरी भन्छ, ‘समूहलाई सहयोग गरेको त देखिएको छ । तर, कोहीसँग कनेक्सन नदेखिएकाले उनीहरुलाई तारेखमा राखेर प्रमाणको खोजीमा जुटेका छौं ।’

अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार