शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना

  • बुधबार, फाल्गुन १५, २०७५
पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना
बिस्तृत विवरण आउन बाँकी
फाल्गुन १५, २०७५ –
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेष्टी हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । ए.एम.आई अल्फा माइक इन्डिया कल साइनको हेलिकप्टर दुर्घटनामा परेको हो । गृहसचिव प्रेमकुमार राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको पुष्टी गर्नुभयो । ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा दर्शन गरेर तेह्रथुमको आठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न जाने क्रममा मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा परेको हो । क्याप्टेन प्रभाकर केसीको कमाण्डमा रहेको हेलिकप्टरमा मन्त्रीसहित आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, वीरेन्द्रदास बजिमय र अर्जुनकुमार घिमिरे सवार थिए । आठराई गाउँपालिको चुहानडाँडा नजिकै ठूलो आवाज सहित धुँवाको मुस्लो देखिएको उपप्रमुख रुपा कन्दङ्वाले जानकारी दिनुभयो घटनास्थल तर्फ प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्तृत विवरण भने आउन बाँकी छ

चर्चामा

सम्बन्धित समाचार