शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • विप्लवलाई जहाँ भेटेपनि पक्राउ गर्नु -गृहमन्त्री थापा

विप्लवलाई जहाँ भेटेपनि पक्राउ गर्नु -गृहमन्त्री थापा

  • आइतवार, फाल्गुन १२, २०७५
विप्लवलाई जहाँ भेटेपनि पक्राउ गर्नु -गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले पहिले उन्मुक्ति दिएपनि विप्लव नेतृत्वको नेकपालाई अव छुट नदिने बताएका छन् । आइतवार एनसेलमाथी गरिएको आक्रमणलाई लिएर संसदको राज्य ब्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले राजनीतिक आडमा गरिएको अपराधलाई छुट दिन नसकिने बताए । शुक्रबार एनसेलको मुख्यालयदेखि २० जिल्लामा रहेका टावरमाथी आक्रमण गरिएको थियो । आक्रमण विप्लव नेतृत्वको नेकपाले गरेको गृहमन्त्री थापाले बताए ।

‘राजनीतिक आडमा गरिएका अपराधलाई पहिले छुटमा उन्मुक्ति दिइयो अब छुट दिइदैन’ गृहमन्त्री थापाले भने ‘अपराध अपराध नै हो, चाहे राजनीतिक आडमा गरियोस, चाहे समुहगतरुपमा गरियोस् ।’ गृहमन्त्री थापाले एनसेलमाथी बम हमला विप्लव नेकपाले गरेको बताएपनि उनीहरुले भने आधिकारिकरुपमा जिम्मा लिइसकेका छैनन् । ‘हालसम्म कसैले जिम्मेवारी लिएको त छैन। तर अनुसन्धानको रिपोर्टले राज्यविरोधी, संविधानविरोधी शक्तिले गरेको बुझिएको छ’ थापाले भने ।

गृहमन्त्री थापाले केही दिनअघि विप्लव समुहको बैठक बसेको र एनसेलमाथी आक्रमण गर्ने योजना पारित भएको जानकारी गृहमन्त्रालयमा आएको बताए । विप्लव नेकपाको केन्द्रीय योजना अनुसार नै देशभर आक्रमण भएको दावी गर्दै गृहमन्त्री थापाले सत्ता उल्टाउनका लागि उनीहरुले यस्ता हर्कतहरु गरिरहेको बताए ।

‘केही दिनअघि उनीहरुको बैठक बसेको रहेछ, सत्ता पल्टाउनका लागि आक्रमणमा जाने योजना बनाइएको रहेछ, त्यो डकुमेन्ट राज्यसँग फेला परेको छ । अब हामि विप्लवलाई जहाँ भेटेपनि पक्राउ गरेर जेलमा कोच्ने छौ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार