मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • देश
  • शृंखलाबद्ध विस्फोट : विप्लवका १८ कार्यकर्ता पक्राउ

शृंखलाबद्ध विस्फोट : विप्लवका १८ कार्यकर्ता पक्राउ

  • शनिबार, फाल्गुन ११, २०७५
शृंखलाबद्ध विस्फोट : विप्लवका १८ कार्यकर्ता पक्राउ

काठमाडौं : एनसेल टावरमा शृंखलाबद्ध आगजनीको अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न भएको आशंकामा  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १८ कार्यकर्तालाई पक्राउ गरेको छ। शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरेर सुरु भएको विष्फोटको घटनापछि भैरहवा, रौतहट पोखरा, काभ्रे, बाग्लुङ र पूर्वी नवलपरासीमा रहेका केही एनसेल टावरमा पनि आगजनी भएको थियो।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले देशभरको सुरक्षा हाई अलर्टमा राखिएको बताए। उनले भने, ‘एनसेलका टावरमा विष्फोट र आगजानी गर्नेमाथि फेरी धरपकड सुरु भएको छ। अहिलेसम्म १८ जना पुगिसके।’

प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरी संभावित घटनाबारे उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

सुवेदीले भने, ‘हामीले प्रहरी युनिटलाई सुरक्षा सतर्कता अपनाउन सर्कुलर जारी गरेका छौं ।आगजानी गर्ने समुहमाथि थप धरपकड जारी छ।’ ललितपुरमा एनसेलको कार्यालय अगाडि भएको विष्फोटमा संलग्न भएको आशंकामा मात्रै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार